कीवर्डहरू -

माइक्रोसफ्टले सार्वजनिक गर्‍यो कोपाइलट प्रो, शुल्क मासिक २० डलर

माइक्रोसफ्टले सार्वजनिक गर्‍यो कोपाइलट प्रो, शुल्क मासिक २० डलर

माइक्रोसफ्टले कोपाइलट प्रो भर्सन सार्वजनिक गरेको छ । कोपाइलट प्रो भर्सनको मासिक शुल्क २० अमेरिकी डलर रोकिएको छ । 

कोपाइलट प्रोबाट प्रिमियम एआई फिचरको प्रयोग, माइक्रोसफ्ट ३६५ एप्समा प्रयोग र उच्चस्तरीय फोटो सिर्जना गर्न सकिने माइक्रोसफ्टले जनाएको छ । 

माइक्रोसफ्ट अफिस वर्ड, एक्सेल र पावरपोइन्टमा डकुमेन्ट ड्राफ्ट गर्न, इमेल समराइज गर्न, प्रिजेन्टेसन बनाउन लगायतका काम गर्न सकिने छ । 

यसका साथै कोपाइलट प्रो प्रयोगकर्ताले ड्याल ई-३ को सहयताले फोटो जनेरेट गर्न सक्ने छन् । कोपाइलट प्रोमा जीपीटी ४ टर्बोको सुविधा उपयोग गर्न सकिने छ भने छिट्टै कोपाइलट जस्तै कस्टमाइज जीपीटी बनाउन सकिने सुविधा समेत आउँदै छ । 

माइक्रोसफ्ट ३६५ बिजनेस प्रिमियम र बिजनेस स्ट्याण्डर्ड प्रयोग गर्ने व्यवसायहरूले प्रति महिना प्रति प्रयोगकर्ता ३० डलर शुल्क तिर्नुपर्नेछ । योसँगै माइक्रोसफ्टले न्युनतम ३०० लाइसेन्स खरिद गर्नुपर्ने व्यवस्था समेत हटाएको छ । 

तर माइक्रोसफ्ट ३६५ व्यक्तिगत र होम प्रयोगकर्ताले कोपाइलट प्रो २० डलर मै खरिद गर्न सक्ने छन् ।