माइक्रोसफ्टले सन् २०२५ मा एआई डेटा सेन्टरहरूमा ८० अर्ब अमेरकी डलर खर्च गर्ने योजना बनाएको छ । एआई मोडेलहरू प्रशिक्षण र डिप्लोए गर्नका साथै क्लाउड-आधारित एप्लिकेसनहरूलाई सशक्त बनाउन एआई डेटा सेन्टर निर्माण गर्न लागेको हो ।
८० अर्ब डलर विश्वभरका परियोजनाहरूमा खर्च हुने भएपनि यसको आधाभन्दा बढी रकम संयुक्त राज्य अमेरिकामा डेटा केन्द्रहरू निर्माण गर्न प्रयोग गरिने माइक्रोसफ्टले जनाएको छ ।
माइक्रोसफ्टले अब आउने ट्रम्प प्रशासनलाई एआईको प्रगतिमा सरकारको समर्थन विस्तार गर्न आह्वान गरिरहेको छ । एआईले केही रोजगारीलाई विस्थापित गर्ने र नयाँ अवसर पनि सिर्जना गर्ने माइक्रोसफ्टको भनाइ छ ।