कीवर्डहरू -

मिडजर्नीले सार्वजनिक गर्‍यो एआई भिडियो मोडेल

मिडजर्नीले सार्वजनिक गर्‍यो एआई भिडियो मोडेल

मिडजर्नीले भिडियो मोडेल सार्वजनिक गरेको छ। अब प्रयोगकर्ताहरूले मिडजर्नीमा बनाएका वा अन्य स्रोतबाट ल्याइएका तस्वीरहरूलाई एनिमेट गरी छोटा भिडियो क्लिप तयार गर्न सक्नेछन् । 

सुरुमा पाँच सेकेन्डको भिडियो तयार हुनेछ, जसलाई प्रयोगकर्ताले चारपटकसम्म थप चार सेकेन्डले विस्तार गर्न सक्नेछन् । यो सुविधा हाललाई वेब संस्करणमा मात्र उपलब्ध छ र प्रयोग गर्नका लागि महिना १० डलरको सदस्यता अनिवार्य गरिएको छ ।

तर भिडियो मोडेल ल्याएको केही दिनमै कम्पनी कानुनी समस्यामा फसेको छ । डिज्नी र एनबीसी युनिभर्सलले मिडजर्नीविरूद्ध प्रतिलिपि अधिकार उल्लंघनको आरोप लगाउँदै मुद्दा दायर गरेका छन् । उनीहरूको दाबी अनुसार कम्पनीले आफ्नो मोडेल प्रशिक्षणका लागि अनुमति बिना सामग्री प्रयोग गरेको छ । 

यसअघि नै गूगलले भीओ 3 र ओपन एआईले सोरा र एडोबले फायरफ्लाई भिडियो मोडल जस्ता भिडियो उत्पादन टुलहरू ल्याइसकेका छन् । प्रतिस्पर्धा तीव्र भइरहेका बेला मिडजर्नीको प्रवेशले प्रयोगकर्ताहरूमा उत्साह देखिए पनि, कानुनी चुनौतीले यसको भविष्यमा असर पार्न सक्ने विश्लेषणहरू भइरहेका छन् ।