कीवर्डहरू -

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा नै यथावत

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा नै यथावत

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा नै यथावत रहेकी छन् । माओवादी केन्द्रले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुनः रेखा शर्मालाई नै पठाउने भएको हो । 

मन्त्री शर्माले आज साँझ ५ बजे सपथ लिनेछिन् । यसअघि सञ्चार मन्त्रालयमा रेखा शर्माको विदाइ कार्यक्रम राखिएको थियो । 

तर विदाइ कार्यक्रम नसकिदै सञ्चार तथा सूचना प्रविधिमा पुनः रेखा शर्मा नै दोहरिने खबर आएको थियो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रालय सम्हालेपछि नीति तथा कानुन निर्माणलाई तिव्रता दिएकी थिइन । उनकै कार्यकालमा नेपालको पहिलो पटक साइबर सुरक्षा नीति आएको थियो भने ६४ वर्षपछि नेपालमै पहिलो पटक हुलाक टिकट छाप्न सुरू भएको थियो । 

यस्तै शर्मा कै पहलमा लामो समयदेखि अड्किएको मध्यपहाडी लोकमार्ग अन्तर्गतको गण्डकी–लुम्बिनी खण्डमा अप्टिकल फाइबर बिछ्याउने बाटो खुलेको थियो ।