भारतको एरोस्पेश स्टार्टअप स्पेश किड्ज इन्डियाले विश्वभरका महिलाहरूलाई अन्तरिक्ष विज्ञान र प्रविधि सम्बन्धि ज्ञान प्रदान गर्ने लक्ष्यसहित घोषणा गरेको मिसन शक्तिस्याट परियोजना नेपालमा पनि सुरू भएको छ ।
अन्तरिक्ष प्रतिष्ठान नेपालसँगको सहकार्यमा नेपालमा पनि शक्तिस्याट परियोजना सञ्चालन हुँदैछ । यस परियोजनामा १४ देखि १८ वर्ष उमेर समूहका नेपाली किशोरीहरूलाई सहभागी हुन सक्ने छन् ।
परियोजनामा सहभागीहरूले विशेष भर्चुअल पाठ्यक्रममार्फत अन्तरिक्ष विज्ञान र प्रविधि सम्बन्धि ज्ञान हासिल गर्ने शक्तिस्याट परियोजनाकी नेपाल प्रतिनिधि इरा शर्माले जानकारी दिइन । यस परियोजनामा नेपालसहित १०८ देश सहभागी हुँदैछन् ।
भर्चुअल सिकाइपछि उत्कृष्टता प्रदर्शन गर्ने एकजना सहभागीलाई पूर्ण छात्रवृत्तिमा भारतमा गएर उपग्रह निर्माण प्रक्रियामा प्रत्यक्ष रूपमा सहभागी भई काम गर्ने सुनौलो अवसर पनि प्राप्त हुनेछ ।
शर्माका अनयुसार यो परियोजना नेपाली किशोरीहरूका लागि अन्तरिक्ष विज्ञान र प्रविधि सम्बन्धि सिकाइको लागि सुअवसर हुनुकासाथै अन्तरिक्ष क्षेत्रमा भविष्य बनाउन चाहनेको लागि एक सुनौलो अवसर हो ।
यदी तपाई पनि नेपालबाट शक्तिस्याट परियोजनामा सहभागी हँदै अन्तरिक्ष विज्ञान बारे ज्ञा बटुल्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी आवेदन दिन सक्नुहुनेछ ।
शक्तिस्याट विश्वभरका किशोरीहरूलाई अन्तरिक्ष प्रविधि र उपग्रह विकासमा सहभागी हुने अवसर प्रदान गर्ने, महिलाहरूको नेतृत्वमा सञ्चालित विश्वकै पहिलो एउटा ऐतिहासिक परियोजना हो ।