यदि तपाईंले पनि च्याटजीपीटी वा यसजस्ता कुनै पनि एआई टूलको अत्यधिक प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि एउटा चेतावनी छ। किनकि च्याटजीपीटीले मानिसहरूलाई बुद्धू बनाइरहेको छ। एमआईटी (म्याचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी) को एउटा नयाँ रिसर्चले यो प्रश्न उठाएको छ कि के जेनेरेटिभ एआई टूलहरू, जस्तै च्याटजीपीटी, विद्यार्थीहरूको सोच्ने-वुझ्ने क्षमता ढिलो पार्दैछन्? यस स्टडीअनुसार, च्याटजीपीटीको बढी प्रयोग गर्ने विद्यार्थीहरूले आफ्नो मस्तिष्कको कम प्रयोग गरिरहेका छन् जसले गर्दा तिनीहरूको क्रिटिकल थिंकिङ र गहिरो बुझाइ क्षमतामा असर पर्न सक्छ।
एमआईटी मिडिया ल्याबले उमेर १८ देखि ३९ वर्षका ५४ सहभागीहरूलाई तीन समूहमा विभाजन गर्यो: च्याटजीपीटी प्रयोग गर्ने समूह, गुगल सर्च प्रयोग गर्ने समूह, र कुनै डिजिटल टूल नप्रयोग गर्ने समूह। सबैलाई एसएटी-शैलीको निबन्ध लेख्न भनियो र ईईजी मेसिनबाट उनीहरूको मस्तिष्कका ३२ स्थानहरूको गतिविधि रेकर्ड गरियो।
नतिजा के आयो?
च्याटजीपीटी प्रयोग गर्ने विद्यार्थीहरूमा न्यूनतम ब्रेन एक्टिभिटी देखियो। उनीहरू वा त आफैं सोच्न सकेनन् वा च्याटजीपीटीका उत्तरहरूलाई आफ्नो भाषा वा विचारमा मिलाउन सकेनन्—धेरैले मात्र कपी-पेस्ट गरे। जस विद्यार्थीहरूले कुनै टूल नप्रयोग गरेर काम गरे, उनीहरूको मस्तिष्कमा सबैभन्दा बढी गतिविधि पाइयो, विशेषगरी ती क्षेत्रहरूमा जुन क्रिएटिभिटी, मेमोरी र गहिरो सोचसँग सम्बन्धित हुन्। गुगल सर्च प्रयोग गर्नेहरूमा पनि उच्च ब्रेन एन्गेजमेन्ट देखियो, जसले परम्परागत इन्टरनेट सर्चले अझै सोच्ने प्रक्रियालाई प्रोत्साहित गर्ने देखाउँछ।
पछि सबै विद्यार्थीहरूलाई एउटै निबन्ध फेरि लेख्न भनियो, तर यसपटक टूलहरू परिवर्तन गरियो। जो पहिले च्याटजीपीटी प्रयोग गरिरहेका थिए, तिनीहरूले बिना कुनै मद्दत लेख्नुपर्ने भयो र आफ्नै पहिलो निबन्ध ठीकसँग सम्झन पनि सकेनन्। अर्कोतर्फ, जो पहिले बिना टूलका लेखिरहेका थिए, उनीहरूले च्याटजीपीटी प्रयोग गर्दा बढी राम्रो बुझाइ र एन्गेजमेन्ट देखाइदिए।
शोधकर्ताहरूको मान्यता छ कि च्याटजीपीटीजस्ता एआई टूलहरूले उत्पादनशीलता त बढाउन सक्छन्, तर यदि विद्यार्थीहरूले आफूले सोच्छ भन्ने प्रक्रियालाई आत्मसात् गरेनन् भने, तिनीहरूको दीर्घकालीन सिकाइ क्षमता र मस्तिष्कको विकास प्रभावित हुनसक्छ।