आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकासका बीचमा मानिसहरूको चिन्ता पनि बढ्दै गएको छ। विशेष गरी ती व्यक्तिहरू तनावमा छन् जो जागिर गरिरहेका छन् र एआईले प्रतिस्थापन हुनसक्ने डर छ ।
तर एआईको आगमनले गर्दा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) की एक छात्रा यति नै चिन्तित भइन् कि उनले पढाइ नै छोडिन्। उनको भनाइ छ - चाँडै आर्टिफिसियल जनरल इन्स्टेलिजेन्स (एजीआई) आउनेछ, त्यसपछि पढाइको कुनै अर्थ नै रहदैँन्।
इन्टरेस्टिङ इन्जिनियरिङको रिपोर्टअनुसार, एलिस ब्लेयर नामकी एक महिलाले २०२३ मा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा भर्ना भएकी थिइन्, तर अब उनले पढाइ बीचमै छोडेकी छन्।
उनका अनुसार कलेज पूरा गर्नको कुनै अर्थ नै नहुन सक्छ। 'मलाई डर थियो कि सायद म डिग्री पूरा हुँदा संसार तिव्र गतिले अर्कै स्थाानमा पुगिसकेको हुनेछ, किनकि एजीआईका खतरा मानव जीवनमा निकै ठूला छन्,' उनी भन्छिन्।
ब्लेयर एक नन-प्रफिट संस्थामा टेक लेखकको रूपमा काम गरिरहेकी छन् र उनी क्याम्पस फर्कने कुनै इच्छा राख्दिनिन्। फोर्ब्सको एउटा रिपोर्टमा भनिएको छ कि विद्यार्थीहरूमा पनि एआईको आगमनले चिन्ता बढेको छ ।
केही विद्यार्थीले डर व्यक्त गरेका छन् कि सुपेरिन्टेलिजेण्ट सिस्टमले संसारका लागि ठूलो खतरा निम्त्याउन सक्छन्, जबकि अरूले आफ्ना जागिर र करियरप्रति चिन्ता गरेको देखिन्छ। हार्भर्ड युनिभर्सिटीमा गरिएको ३२६ विद्यार्थीबीचको सर्वेक्षणमा आधा विद्यार्थीले भनेका थिए कि उनीहरू चिन्तित छन् कि एआईका कारण उनीहरूको जागिरमा प्रभाव पर्न सक्छ।
फोर्ब्सको रिपोर्टमा एडम कफम्यान नामका एक युवाले गएको वर्ष हार्भर्ड छोडेर रेडवुड रिसर्चमा काम सुरु गरेका थिए। रेडवुड रिसर्च एउटा नन-प्रफिट संगठन हो, जसले त्यस्ता एआई सिस्टमहरूमा अनुसन्धान गर्छ । जुन मानिसहरूसँग/मानिसहरूका विरुद्ध काम गर्न सक्ने हुन सक्छ ।
कफम्यानले भने, 'म एआईका खतराहरूलाई लिएर प्रभावित छु र मलाई लाग्छ यी खतराहरूलाई कम गर्नु सबैभन्दा आवश्यक काम हो।' उनका भाइ, रूममेट र गर्लफ्रेन्डले पनि हार्भर्ड छोडेका र ओपनएआईमा काम गरिरहेको भनाइ छ ।
विद्यार्थीहरूमा एआईप्रतिको डर केवल जागिर जानुमा सिमित नभएर एआईले मानवतालाई ठूलो खतरामा पार्न सक्ने छ । २०२४ मा यूएस डिपार्टमेन्ट अफ स्टेटको प्रतिवेदनमा एआईको द्रुत प्रगति कारण ‘विनाशकारी’ खतराहरू उत्पन्न हुनसक्ने देखिएको छ ।