अहिले सबैको हात हातमा स्मार्टफोन छ । धेरै काम मोबाइलबाटै हुन्छ । आवश्यकता अनुसार गूगल प्ले स्टोर वा एप स्टोरबाट एप डाउनलोड गरेर प्रयोग गर्छौं ।
यद्यपी एप डाउनलोड गर्नु सामान्य काम हो तर कहिलेकाँही यही सामान्य काम राम्रोसँग नगर्दा असमान्य हुन पुग्छ । एप डाउनलोड गर्दा ध्यान नदिदा हामीले साइबर आक्रमणका घटना भोग्नु परिरहेको हुन्छ ।
आज हामी तपाईलाई कुनै पनि मोबाइल एप डाउनलोड गर्नु पूर्व ध्यान दिनु पर्ने कुराको बारेमा जानकारी दिदैछौं ।
उदेश्य
एप डाउनलोड गर्नुपुर्व मलाई कुन प्रयोजनका लागि एप चाहिएको हो र यसले मेरो आवश्यकता पुरा गर्छ कि गर्दैन भन्ने कुरा निर्धारण गर्नु आवश्यक छ ।
अनुकुलता
एप मोबाइलमा डाउनलोड गर्नुपूर्व उक्त एप मोबाइलको अपरेटिंग सिस्टम र सस्करणसंग मेल खान्छ कि खाँदैन हेर्नुपर्छ । किनकि यही कुरामा ध्यान नदिनाले एपहरु खराब हुन र काम नगर्न सक्छन् ।
साइज
हामीले एप डाउनलोड गर्नु अगाडि त्यसको साइज वा आकारलाई जाँच गर्नुपर्छ । एपले तपाइको मोबाइल स्टोरेजमा कति ठाउँ लिन्छ वा कार्यसम्पादनमा बाधा उत्पन्न हुन्छ/हुदैँन वा एप ढिलो चल्ने समस्या आउछ वा आउदैन आदि ।
मूल्य
कुनै पनि एप डाउनलोड गर्नु अगाडि एप सःशुल्क वा नि:शुल्क के छ भनेर हेर्नुपर्छ । सःशुल्क भए एपको लागत मूल्य लायक छ वा छैन विचार गर्नुपर्छ । एप नि:शुल्क छ भन्दैमा वा सःशुल्क एपलाई ब्राउजरमा गई विभिन्न वेबसाइटहरुमा गएर डाउनलोड गर्नु हुँदैन।
सुरक्षा
यस अन्तर्गत एप डाउनलोड गर्दा एप सुरक्षित छ/छैन, व्यक्तिगत डाटा र जानकारीलाई जोखिममा राख्छ/राख्दैन् । अनावश्यक प्रमिसनहरु माग्छ/माग्दैन जस्ता पक्षलाई ध्यानमा राख्नुपर्छ ।
समीक्षा र मुल्यांकन
अब एप डाउनलोड गर्नु पहिले अन्य प्रयोगकर्ताले यस एप सम्बन्धि के कस्ता आफ्नो धारणा, प्रतिक्रिया वा अनुभव जाहेर गरेका छन्, एपको डाउनलोड रेट कस्तो छ जस्ता स-साना कुराहरु को पनि विश्लेषण गर्नुपर्छ ।
अन्य
अन्त्यमा एप डाउनलोड गर्ने निश्चित भएपछि एपका विकासकर्ता, उनीहरुले बनाएका अन्य एपहरु, एपहरु नियमित अध्यावधि गरिएको छ कि छैन् । विज्ञापनहरु छ कि छैन् जस्ता पक्षहरुमा विचार गर्नुपर्छ ।
यसका अतिरिक्त एपमा सहज तथा सजिलो इन्टरफेस छ कि छैन, भ्रामक वा जटिल जटिल इन्टरफेस भए/नभएको र एप अनलाइन वा अफलाइन कुन प्रयोजनका लागि बनाइएको जस्तो कुरामा ध्यान दिनुपर्छ।