ई-कमर्स ब्राण्ड मोबाइलमाण्डुले नयाँ वर्ष २०८१ को अवसरमा ‘नयाँ वर्ष ग्याजेट उत्सव’ अभियान घोषणा गरेको छ । ‘नयाँ वर्ष, नयाँ अफर – छुट्टै छुट मोबाइलमाण्डुसंग’ नारासहित घोषणा भएको यस अभियानमा विभिन्न छुटहरू पाइने छ ।
यो अभियान चैत २७ गतेदेखि वैशाख ६ गतेसम्म लागु हुनेछ । यसमा मोबाइल माण्डुबाट इलेक्ट्रोनिक्स सामान खरिद गर्दा विशेष छुट र निःशुल्क डेलिभरीको सुविधा पाइने छ । निःशुल्क डेलिभरी सुविधा २ हजार ४९९ रूपैयाँ माथिको खरिदमा मात्रै लागु हुनेछ ।
अभियान अन्तर्गत ग्याजेटहरूमा ५० प्रतिशतसम्म छुट, ब्ल्याकशार्कको टी सेभेन गेमिङ इयरबड्स र एसवान प्रो स्मार्टवाचमा १५ प्रतिशतसम्म छुटपाइने छ । मोबाइलमाण्डुबाट सामान खरिद गर्दा १० हजार रूपैयाँ बराबरको ग्याजेट गिभअवे जित्ने समेत अवसर रहेको छ ।
यदी तपाई पनि स्मार्टफोन, वाच, इयरबड्स, हेडफोन लगायतका इलेक्ट्रोनिक सामान खरिद गर्न चाहनुहुन्छ भने मोबाइलमाण्डु डटकममा गएर चैत २७ गतेदेखि अफरको फाइदा लिन सक्नुहुनेछ ।