आईटी ट्रेनिङ प्रदान गर्दै आएको संस्था स्किल स्पार्कले ‘स्किल स्पार्क च्याम्पियनशीप २०२५’ मा सहभागी हुन पाउने समय थप गरेको छ ।
‘एक शिक्षित महिला, एक रूपान्तरित राष्ट्र’ भन्ने थिममा स्किल स्पार्कले आयोजना गर्न लागेको स्किल स्पार्क च्याम्पियनशीप भिडियो प्रतियोगिताको समय बढाएको हो ।
अब आगामी जेठ ३१ गतेसम्म स्किल स्पार्क च्याम्पियनशीपमा सहभागी हुन आफ्नो नाम दर्ता गराइ सक्नुपर्नेछ । प्रतियोगितामा सहभागी हुन कुनै पनि शुल्क लाग्ने छैन् । नाम दर्ता गराउन र प्रतियोगिता बारे थप जानकारी लिन यहाँ क्लिक गर्न सक्नु हुनेछ ।
नाम दर्ता पश्चात स्किल स्पार्कको फेसबुक, इन्स्टाग्राम र टिकटकलाई फ्लो गर्नुपर्ने जनाइएको छ । अनि प्रतियोगिताको बारेमा कहाँबाट थाहा पाउनु भयो त्यसको बारेमा एउटा प्रि-इभेन्ट भिडियो बनाएर पठाउनु पर्नेछ । भिडियोको साइज 1920×1080 (landscape) or 1080×1920 (portrait) हुनुपर्नेछ भने जुनसुकै शैलीमा पनि बनाउन पाइने छ ।
उक्त भिडियो [email protected], [email protected] मा नाम, नम्बर, ठेगाना लगायतको आफ्नो विवरणसहित र इमेलको सब्जेक्ट राखेर पठाउनुपर्नेछ ।
उक्त भिडियो स्किल स्पार्कले आफ्नो सामाजिक सञ्जालबाट प्रकाशित गर्नेछ र धेरै लाइक, कमेन्ट र भ्यूज आउने भिडियोले ५ हजार नगद, इयरपड्स, प्रमाणपत्र, फिनालेमा सहभागी हुने अवसर प्रदान गरिने छ ।
प्रि-इभेन्ट भिडियो असार ७ गतेसम्म पठाइसक्नुपर्नेछ । असार १६ गते विजेताको घोषणा गरिने स्किल स्पार्कले जानकारी दिएको छ ।
प्रिइभेन्ट भिडियो बनाइसकेपछि अब प्रतियोगिताको मुख्य भिडियो बनाउनु पर्नेछ । यस प्रतियोगितामा सहभागी हुन् ‘एक शिक्षित महिला, एक रूपान्तरित राष्ट्र’ थिममा कम्तिमा १ मिनेट र बढीमा १० मिनेटसम्मको भिडियो बनाउन सकिने छ ।
भिडियो शर्ट फिल्म, डकुमेन्ट्री, रिल वा अन्य कुनै पनि क्रियटिभ शैलीमा बनाउन सकिने छ । तर भिडियोको साइज 1920×1080 (landscape) or 1080×1920 (portrait) मा हुनुपर्नेछ ।
मुख्य भिडियो असार २८ गतेसम्म [email protected], [email protected] मा नाम, नम्बर, ठेगाना लगायतको आफ्नो विवरणसहित र इमेलको सब्जेक्ट राखेर पठाउनुपर्नेछ । भिडियो एक्लै वा समूह (बढीमा ५ जना) मा पनि बनाउन सकिने छ । भिडियो नेपाली र अंग्रेजी भाषामा बनाउन सकिने छ । सकेसम्म सबटाइटल राख्ने समेत प्रोत्साहित गरिएको छ ।
उक्त भिडियो स्किल स्पार्कले स्वीकृत गरेपछि प्रतियोगिताको आधिकारिक आईडीसहित (अन्तिममा) आफ्नो फेसबुक, टिकटक र इन्स्टाग्राममा राख्ने छ । यो कार्य साउन ३ गतेभित्र सम्पन्न हुनेछ । स्किल स्पार्कको सामाजिक सञ्जालबाट शेयर भएको आफ्नो भिडियो #SkillSparkChampionship2025 and #skillspark सहित फेसबुक, टिकटक र इन्स्टाग्राममा साउन ४ गतेदेखि साउन १७ गतेसम्म पब्लिकली शेयर गरिसक्नुपर्नेछ ।
देशभरबाट प्राप्त भिडियोहरू मध्येबाट जुरी समितिले उत्कृष्ट १० भिडियो छनौट गर्नेछ । जुरी समितिले भिडियोको गुणस्तर, रिच, भ्यूज र थिमसँगको अलाइमेन्टलाई ध्यानमा राखेर मूल्यांकन गर्ने स्किल स्पार्कले जनाएको छ । फेक लाइक, शेयर, कमेन्ट र भ्यूज ल्याएमा प्रतियोगिताका लागि अयोग्य भइने छ ।
संस्थाका अनुसार भिडियो बनाउने उत्कृष्ट १० लाई काठमाडौं बोलाइने छ । उत्कष्ट १० को घोषणा साउन २३ गते गरिने छ उनीहरूको भिडियो बनाउँदाको आफ्नो अनुभवसहितको प्रस्तुती जुरी समक्ष प्रस्तुती दिनुपर्नेछ । त्यसपछि उत्कृष्ट ३ लाई पुरस्कारको व्यवस्था रहेको छ । यस अन्तर्गत पहिलो हुनेलाई ५० हजार नगद र स्किल स्पार्कका हरेक आईटी कोर्षमा ५० प्रतिशत छुट प्रदान हुनेछ ।
त्यस्तै दोस्रो हुनेलाई ३५ हजार रूपैयाँ नगद र कोर्षमा ३५ प्रतिशत छुट मिल्नेछ भने तेस्रो हुनेलाई २० हजार नगद र कोर्षमा २० प्रतिशत छुट मिल्ने छ ।
काठमाडौंमा सहभागी हुने अन्यलाई पनि प्रमाणपत्रका साथै स्किल स्पार्कका कोर्षमा विशेष छुट प्रदान गरिने बताइएको छ । साथै काठमाडौं उपत्यका बाहिरबाट आउनेलाई काठमाडौंमा खाना र बस्नको व्यवस्था समेत स्किल स्पार्कले नै गर्नेछ । फाइनल कार्यक्रम आगामी साउन ३० गते सञ्चालन हुनेछ ।
क्रियटिभ व्यक्तिहरूलाई एउटा राष्ट्रियस्तरको प्लेटफर्म प्रदान गर्ने र समाजमा केही सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित भिडियो प्रतियोगिता आयोजना गर्न लागेको स्किल स्पार्ककी संस्थापक तथा सीईओ सिर्जना झाले जानकारी दिइन् ।
स्किल स्पार्कको ‘स्किल स्पार्क च्याम्पियनशीप २०२५’ कार्यक्रमको यो पहिलो संस्करण हो । अबदेखि हरेक वर्ष फरक फरक थिममा यो प्रतियोगिता आयोजना हुनेछ ।