कीवर्डहरू -

डिजिटल वालेट मोरुको घरघर एनपीएल अभियान, विजेता अनुमान गरेर पुरस्कार जित्न सकिने

डिजिटल वालेट मोरुको घरघर एनपीएल अभियान, विजेता अनुमान गरेर पुरस्कार जित्न सकिने

डिजिटल वालेट मोरू नेपाल प्रिमियर लिगलाई अझै रोमाञ्चक र सबैको पहुँच पुग्ने बनाउन नयाँ सुविधा सार्वजनिक गरेको छ।

यस प्लेटफर्ममार्फत फ्यानहरूले प्रत्येक दिन आफ्नो मनपर्ने टिम वा खेलाडीले जित्ने सम्भावना कति छ भन्ने पूर्वानुमान गर्न सक्नेछन् ।  

यसका साथै, फ्यानहरूले आफ्नो अनुमान सही भएमा प्रति दिन रु. १०० सम्मको नगद पुरस्कार पनि पाउन सक्नेछन् । यो सुविधा फ्यानहरूलाई घरबाटै आफ्नो मनपर्ने टिमसँग जोडिन र खेलमा सहभागिता जनाउन प्रेरित गर्ने उद्देश्यले ल्याइएको हो ।  

मोरूको प्रेडिक्ट एन विनमा सहभागी हुन यहाँ क्लिक गर्नुहोस् । त्यसपछि स्पीन घुमाएर पुरस्कार जित्न सकिने छ । 

स्टेडियममा अत्यधिक भिडभाडका कारण धेरै समर्थकहरूले खेल हेर्न सकिरहेका छैनन् । यो डिजिटल प्लेटफर्मले "स्टेडियमलाई घरसम्म पुर्‍याउने" प्रयास गरेको कम्पनीको भनाइ छ ।

अब फ्यानहरूले आफ्नो प्रेडिक्सन समाजिक साईटमा साझा गर्दै यो क्रिकेट महोत्सव आनन्दसँग मनाउन सक्नेछन् ।  

मोरुको यस्तो पहलले फ्यानहरूलाई खेलप्रति अझ बढी संलग्न गराई फ्यान इंगेजमेन्टलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।