कीवर्डहरू -

अधिकांश सेवाहरूलाई नागरिक एपमा आबद्ध गरिने, नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याइने

अधिकांश सेवाहरूलाई नागरिक एपमा आबद्ध गरिने, नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याइने

सरकारी र सार्वजनिक सेवामा नागरिकहरूको पहुँचलाई सहज बनाउन र सेवाहरूको दक्षता बढाउन अधिकांश सेवाहरूलाई नागरिक एपमा आबद्ध गरिने भएको छ । 

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा बताएका हुन् ।

साथै नागरिक सेवा पहुँचलाई सजिलो र छिटो बनाउन विभिन्न निकायबाट प्रदान गरिने सार्वजनिक सेवाहरू एकै स्थानबाट प्रदान गर्न स्थानीय तहसँगको सहकार्यमा नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याइने बताएका छन् । 

यस्तै बाल हेल्पलाइनलाई पनि नागरिक एपसँग जोडिने छ । सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गर्ने गरी नागरिक एपलाई सुधार गरिनेछ ।