कीवर्डहरू -

सामसङको नयाँ मल्टी-बाइ अफर: ग्यालेक्सी वाच र बड्समा ३२ प्रतिशतसम्म छुट

सामसङको नयाँ मल्टी-बाइ अफर: ग्यालेक्सी वाच र बड्समा ३२ प्रतिशतसम्म छुट

सामसङ नेपालले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै नयाँ ग्यालेक्सी स्मार्टफोन खरिदमा विशेष ‘मल्टी-बाइ अफर’ सार्वजनिक गरेको छ। सीमित अवधिका लागि लागू हुने यस अफर अन्तर्गत ग्राहकहरूले चुनिएका ग्यालेक्सी वाच र बड्समा ३२ प्रतिशतसम्म छुट पाउने छन्।

अफर अन्तर्गत सामसङको नयाँ फ्ल्यागशिप, ए-सिरिज र एम-सिरिजका स्मार्टफोनहरू खरिद गर्दा ग्राहकहरूले ग्यालेक्सी वाच८ क्लासिकदेखि लिएर बड्स कोरसम्मका वेरेबल डिभाइसहरूमा विशेष छुट पाउने छन्। यसले ग्राहकलाई ग्यालेक्सी इकोसिस्टमलाई थप सशक्त र स्मार्ट बनाउन सहयोग गर्ने कम्पनीले जनाएको छ।

स्वास्थ्य निगरानी, कनेक्टिविटी र प्रिमियम अडियो अनुभवलाई प्राथमिकता दिने प्रयोगकर्ताका लागि वाच र बड्समा एआई सुविधा समावेश गरिएको छ। यसले फिटनेस, संगीत तथा कार्यक्षमतामा नयाँ स्तर प्रदान गर्ने विश्वास गरिएको छ।

बड्स कोरमा सबैभन्दा बढी ३२ प्रतिशत छुट दिइएको छ। वाच८ क्लासिकमा २० प्रतिशत छुटसहित ५९ हजार ९९९ रूपैयाँमा उपलब्ध छ। यस्तै, बड्स ३ प्रो २५ हजार ४९९ रूपैयाँमा किन्न सकिनेछ।

ग्राहकहरूले सामसङको वेबसाइट samsungcampaigns.com मा गई, नजिकको रिटेलर छानी २ हजार अग्रिम भुक्तानी गरेपछि ओटिपी प्राप्त गर्ने छन्। प्राप्त ओटिपीसहित ७ दिनभित्र रिटेलरमा गएर छुटमा उपकरण किन्न सकिनेछ

साथै, सामसङ इन्स्टा फाइनान्स मार्फत ग्राहकहरूले ० प्रतिशत ब्याजमा ईएमआई सुविधा पनि प्राप्त गर्न सक्नेछन्। यसका लागि नागरिकता प्रमाणपत्र मात्र आवश्यक हुने कम्पनीले जनाएको छ। यो अफर नेपालभरका अधिकृत सामसङ स्टोरहरूमा लागू हुनेछ।