कीवर्डहरू -

नयाँ मल्टिमोडल क्षमता र शक्तिशाली प्रदर्शनसहित मेटाले सार्वजनिक गर्यो लामा ४ एआई मोडेल श्रृंखला

नयाँ मल्टिमोडल क्षमता र शक्तिशाली प्रदर्शनसहित मेटाले सार्वजनिक गर्यो लामा ४ एआई मोडेल श्रृंखला

टेक्नोलोजीको क्षेत्रको अग्रणी कम्पनी मेटाले आफ्नो नयाँ लामा ४ एआई मोडेल श्रृंखलाको पहिलो झलक सार्वजनिक गरेको छ। कम्पनीले अत्याधुनिक मल्टिमोडल क्षमताले सुसज्जित दुई ओपन सोर्स मोडेलहरू,लामा ४ स्काउट र लामा४ म्याभेरिक, ओपन कम्युनिटीका लागि प्रस्तुत गरेको हो ।

मेटाको दाबीअनुसार यी मोडेलहरू मिक्सचर अफ एक्सपर्टस (एमओई) आर्किटेक्चरमा आधारित पहिलो ओपन एआई मोडेलहरू हुन् । अघिल्ला संस्करणहरूसँग तुलना गर्दा, यी नयाँ मोडेलहरूमा अझ राम्रो कन्टेक्स्ट विन्डो, उत्कृष्ट पावर एफिसिएन्सी, र छिटो प्रोसेसिङ क्षमता थपिएको छ । साथै, कम्पनीले आफ्नो सबैभन्दा विशाल एआई कृति लामा ४ बेहेमोथको झलकसमेत प्रस्तुत गरेको छ, जसलाई हालसम्मकै सबैभन्दा शक्तिशाली मोडेल मानिएको छ ।

मेटाका आधिकारिक ब्लगपोस्ट अनुसार, यी दुवै मोडेल पूर्ण रूपमा ओपन–सोर्स छन् र मेटाको आधिकारिक लामा वेबसाइट बाट डाउनलोड गर्न सकिन्छ । प्रयोगकर्ताहरूले अबदेखि यी मोडेलहरूको अनुभव ह्वाट्सएप, मेसेन्जर, इन्स्टाग्राम डाईरेक्ट र मेटा डट एआई वेबसाइट मा लिन सक्नेछन् ।

स्काउट मोडेल मा १७ अर्ब एक्टिभ प्यारामिटर छन् र यसमा १६ वटा एक्सपट्र्स छन् । यो मोडेल एकल एनभिडिया एच १०० जीपीयूमा चल्न सक्षम छ ।

त्यसैगरी, म्याभेरिक मोडेल पनि १७ अर्ब प्यारामिटरको साथ आउँछ, तर यसमा १२८ एक्सपट्र्स छन्, जसले यसको गहिराइ र विश्लेषण क्षमतामा धेरै वृद्धि पुर्याउँछ ।