वुमन आइकन आइसिटी अवार्ड २०२५ नेपालको फिनटेक क्षेत्रमा डेढ दशकदेखि कार्यरत मुन्नी राजभन्डारीलाई प्रदान गरिएको छ ।
शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्राण्ड फिनाले कार्यक्रममा राजभण्डारीलाई वुमन आइकन आइसिटी अवार्ड २०२५ प्रदान गरिएको हो ।
नेपालको सूचना प्रविधि क्षेत्रमा काम गर्दै यो क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याएका महिलालाई यो अवार्ड प्रदान गरिन्छ ।
यो वर्षको एनसेल वुमन आइकन आइसिटी अवार्ड विजेता मुन्नी राजभण्डारी सूचना प्रविधि क्षेत्रमा १८ वर्षदेखि क्रियाशिल महिला हुन् ।
नेपालको फिनटेक क्षेत्रकी परिचित महिला व्यक्तित्व हुनुहुन्छ, मुन्नी राजभण्डारी । नेपाल इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक लिमिटेडबाट आफ्नो व्यावसायिक करियर सुरु गरेकी उनी हाल नेपाल क्लियरिङ हाउस लिमिटेडको प्रमुख सञ्चालन अधिकृतको रूपमा कार्यरत छिन् ।
राजभण्डारीसँग नेपालको सूचना प्रविधि तथा वित्तीय प्रविधि क्षेत्रमा १८ वर्षभन्दा बढीको अनुभव रहेको छ। एनसीएचएल अन्तर्गतका राष्ट्रिय भुक्तानी पूर्वाधारहरू NCHL-ECC, NCHL-IPS, रिटेल पेमेन्ट स्विच, नेशनल पेमेन्ट इन्टरफेस, साना तथा मझौला व्यवसायका लागि कर्पोरेट पे तथा नेपालपे कार्डको कार्यान्वयन र सञ्चालनमा उनको उल्लेखनीय भूमिका रहँदै आएको छ।
डिजिटल रूपान्तरण र वित्तीय समावेशीकरणलाई सधैं प्राथमिकतामा राख्दै आउनु भएकी राजभण्डारी फिनटेक अलाइन्स नेपाल, फिनटेलेक्ट, युएन वुमन तथा नेपाल बैंकर्स एशोसिएसन जस्ता संस्थाहरूमा सक्रिय रूपमा संलग्न रहँदै आएकी छन् ।
नेपालको डिजिटल फिनटेक इकोसिस्टमलाई सुदृढ बनाउने दिशामा उहाँले सधैं नवप्रवर्तन, समावेशीकरण र दिगो विकासमा जोड दिँदै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी छन् ।
आईसीटी समाचार