कीवर्डहरू -

माई मार्टले सुरु गर्‍यो अनलाइन किनमेल सेवा, अर्डर गरेकै केही मिनटमै घरमै सामान आइपुग्ने

माई मार्टले सुरु गर्‍यो अनलाइन किनमेल सेवा, अर्डर गरेकै केही मिनटमै घरमै सामान आइपुग्ने

माई मार्टले आफ्नो सेवा विस्तार गर्दै उपभोक्तामैत्री अनलाइन किनमेल सेवा सुरु गरेको छ। नयाँ मोबाइल एप ‘माई मार्ट – डेलिभर्ड इन मिनेट्स’ मार्फत उपभोक्ताले दैनिक उपभोग्य सामग्री अर्डर गरेकै १५-२० मिनेटमा प्राप्त गर्न सकिनौ दावी गरिएको छ ।

डिजिटल प्रविधिको बढ्दो प्रयोग र उपभोक्ताको बदलिँदो किनमेल व्यवहारलाई मध्यनजर गर्दै माई मार्टले द्रुत डेलिभरीसहितको डाइरेक्ट टु कन्ज्युमर (D2C) मोडेल सञ्चालनमा ल्याएको हो। यसअघि व्यवसाय–देखि–व्यवसाय (B2B) मोडेलमार्फत सेवा दिँदै आएको माई मार्टले अब प्रत्यक्ष उपभोक्तासम्म पुग्ने सेवा थप गरेको छ।

कम्पनीका अनुसार बजारको माग, आन्तरिक तयारी तथा आपूर्ति प्रणालीको सफल परीक्षणपछि मात्रै यो सेवा सुरु गरिएको हो। मोबाइल एप, अर्डर व्यवस्थापन, स्टक कन्ट्रोल र डेलिभरी प्रणाली पूर्ण रूपमा तयार भइसकेको माई मार्टले जनाएको छ।

हाल यो सेवा काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा उपलब्ध रहेको छ भने आगामी दिनमा अन्य प्रमुख शहरहरूमा पनि विस्तार गर्ने योजना रहेको कम्पनीको भनाइ छ।

माई मार्टले नेपाली उद्यमशीलता, स्वरोजगारी प्रवर्द्धन र स्थानीय उत्पादनको प्रवाहलाई प्राथमिकतामा राख्दै स्वदेशी उत्पादकलाई डिजिटल बजारसँग जोड्ने लक्ष्य लिएको छ। स्थानीय उत्पादनलाई उचित मूल्य र सुनिश्चित बजार उपलब्ध गराउन उत्पादकहरूसँग सहकार्य विस्तार गरिँदैछ।

यस नयाँ मोडेलमार्फत रोजगारी तथा स्वरोजगारी सिर्जना, स्थानीय व्यवसायको डिजिटल रूपान्तरण र उपभोक्तालाई छिटो, सहज तथा भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यसहित माई मार्ट अघि बढिरहेको छ। माई मार्टको मोबाइल एप हाल गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा उपलब्ध छ।

माई मार्टले २०७३ सालदेखि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य सामग्रीको थोक कारोबार गर्दै आएको छ। हालसम्म कम्पनीले ३,००० भन्दा बढी किराना तथा ग्रोसरी पसलहरूसँग प्रत्यक्ष सहकार्य गर्दै आएको छ।