कीवर्डहरू -

गूगल प्ले स्टोरबाट मेरो शेयर एप गायब, यस्तो छ कारण

गूगल प्ले स्टोरबाट मेरो शेयर एप गायब, यस्तो छ कारण

मेरो शेयर एप गूगल प्ले स्टोरबाट हटेको छ । शुक्रबार बिहान अकस्मात प्लेट स्टोरबाट गायब भएको हो । 

सीडीएसी एण्ड क्लियरिङ लिमिटेडका सूचना अधकारी सुरेश न्यौपानेले गूगल प्ले स्टोरले नीति अपडेट गरेका कारण एप नदेखिएको बताए । 

‘गूगल प्ले स्टोरको पोलिसी अपडेट भएकाले प्ले स्टोरमा एप नदेखिएको हाम्रो प्राविधिक टिमले जानकारी दिएको छ,’ उनले आइसिटी समाचारसँग भने, ‘प्राविधिक टिमले काम गरिरहेको छ । छिट्टै प्ले स्टोरमा मेरो शेयर एप देखिन्छ ।’

एप्पलको एप स्टोरमा भने मेरो शेयर एप भेट्न सकिन्छ तर प्ले स्टोरमा मेरो शेयर एप खोज्दा भेटिदैन् ।