कीवर्डहरू -

नामी ईभीको नयाँ वर्ष अफर, ५ लाख ९९ हजार डाउन पेमेन्टदेखि १ लाखसम्मका अन्य सुविधा

नामी ईभीको नयाँ वर्ष अफर, ५ लाख ९९ हजार डाउन पेमेन्टदेखि १ लाखसम्मका अन्य सुविधा

नयाँ वर्षको अवसरमा नेपालका लागि नामी ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धी मोटर्स प्रालिले अप्रिल ५ देखि अप्रिल १२ सम्म ‘न्यु ईयर, न्यु अफर देशव्यापी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प गर्ने घोषणा गरेको छ ।

एक हप्तासम्म चल्ने यस कार्यक्रमको उद्देश्य ग्राहक संग्लग्नता बढाई उनीहरूलाई बिग ह्याच र फाइभ स्टार लक्जरी भएको नामीको प्रत्यक्ष अनुभव प्रदान गर्नु हो । योसँगै ग्राहकहरूले अब तोकिएको नामी गाडीको बुकिङको लागि केवल ५ लाख ९९ हजार रूपैयाँदेखि सुरु हुने सजिलो डाउनपेमेन्टबाट फाइदा लिन सक्नेछन् ।

यो अफरमा बुकिङ भएको मितिदेखि दुई वर्किङ डे भित्र ग्यारेन्टीपूर्ण डेलिभरीका साथै १ लाख सम्मको फाइदाहरू समावेश हुनेछन् । यसले समग्र अनुभवलाई मूल्य र गति दुवै हिसाबले प्रभावकारी बनाउने छ।  

खरिद प्रक्रियालाई थप सजिलो बनाउन नामीले ८० प्रतिशतसम्मको फाइनान्सिङ सहायता प्रदान गर्नेछ जसले गर्दा गाडी लिने प्रक्रिया सहज हुने र ग्राहकले सुरूमै गर्नु पर्ने खर्च पनि कम हुनेछ।

साथै, टेस्ट ड्राइभ लिने सबै सहभागीहरूलाई नि:शुल्क उपहार प्रदान गरिनेछ। ग्राहकहरु सबैले उपहारहरूका साथ अत्याधुनिक, सुविधायुक्त इलेक्ट्रिक कारको रोमाञ्चक टेस्ट ड्राइभको आनन्द लिन सक्नेछन् ।