कीवर्डहरू -

कस्तो छ मंगलबारदेखि सुरू भएको नाडा अटो शो २०२४ ? (फोटो फिचर)

कस्तो छ मंगलबारदेखि सुरू भएको नाडा अटो शो २०२४ ? (फोटो फिचर)

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा मंगलबारदेखि नाडा अटो शो २०२४ सुरू भएको छ । अटो मोबाइल क्षेत्रको कुम्भ मेलाको रूपमा परिचित नाडा अटो शो भदौ १६ गतेसम्म चल्ने छ । 

अटो व्यवसायीहरूले नाडा अटो शोको अवसरमा नयाँ नयाँ गाडीहरू समेत सार्वजनिक गरेका छन् । यस पटकको अटो मेलामा विद्युतीय सवारीसाधनको बर्चस्व रहेको छ । 

पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोग, माग र लोकप्रियता बढ्दै गएपछि अटो व्यवसायीहरूले पनि ईभीलाई विशेष प्राथमिकता दिएका छन् । 

प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवाप्रदायकको गरी १ सय ३० स्टल रहेका छन् ।

अटो शो ७५ हजार बढी अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ । मेलालाई नै मध्यनजर गर्दै व्यवसायीहरूले विभिन्न छुट तथा अफर समेत ल्याएका छन् । 

फोटो फिचर
 null

null
 

null

null

null

nullnull

null