कीवर्डहरू -

नाडा अटो शो २०२५: भिन्टेजकारदेखि उड्नेट्याक्सीसम्म हेर्न पाइने

नाडा अटो शो २०२५: भिन्टेजकारदेखि उड्नेट्याक्सीसम्म हेर्न पाइने

नाडा अटो शो २०२५ मा अवलोकनकर्ताको आकर्षणमा परेको छ । अटो शो प्रदर्शनीको  तीन दिनमा ७८ हजार ५१३ जनाले अवलोकन गरेका छन् ।

भदौ ३ गतेदेखि सुरू भएको नाडा अटो शो भदौ ८ गतेसम्म चल्ने छ । यो ६ दिने प्रदर्शनीमा चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनका नयाँ मोडेलहरू, तिनका पार्टपुर्जा, टायर, ब्याट्री र अन्य एसेसरिजहरू एउटै छानामुनि प्रदर्शनमा राखिएका छन् ।

प्रदर्शनीमा सवारीसाधन किन्नेलाई नगद छुटदेखि विभिन्न उपहारहरूको समेत व्यवस्था गरिएको छ । गाडी खरिद प्रक्रिया सहज बनाउन विभिन्न बैंक तथा बीमा कम्पनीले आकर्षक छुट र योजना सहित आफ्नो उपस्थिति जनाएका छन् ।

यस पटक नाडा अटो शोको विशेष आकर्षणको रूपमा उड्ने ट्याक्सी रहेको छ । यसलाई पहिलो पटक नेपालमा ल्याइएको छ । नाडामा २०-३० लाखदेखि २ करोड २० लाखसम्मका गाडीहरू हेर्न पाइन्छ । 

यो पटक नाडा अटो शोमा भिन्टेज कारहरू पनि हेर्न पाइन्छ । १९४०-५० को दशकका फोर्ड, मस्टाङ, मर्सिडिज, क्राइसलरलगायत एक दर्जन भिन्टेज कार प्रदर्शनीमा राखिएका छन्।