कीवर्डहरू -

नागरिक एपबाटै अब ट्राफिक जरिवाना तथा कारबाहीको विस्तृत विवरण हेर्न सकिने

नागरिक एपबाटै अब ट्राफिक जरिवाना तथा कारबाहीको विस्तृत विवरण हेर्न सकिने

नागरिक एपमा अब ट्राफिक जरिवाना तथा कारबाहीको विस्तृत विवरण हेर्न सकिने भएको छ । नागरिक एपको नयाँ अपडेटमा सो सुविधा आएको हो । 

अब एपबाट ट्राफिक जरिबाना तथा कारबाहीको विस्तृत विवरण (चिट नम्बर, मिति, जरिबाना तिरे नतिरेको अवस्था, जरिबाना रकम, जरिवाना तिरेको भए त्यसको मिति र उलङ्घन गरेको नियम) हेर्न सकिने नागरिक एपले जनाएको छ । 

यदी तपाईले पनि नागरिक एप (भर्सन १.६.१०)  अपडेट गर्नुभएको छैन् भने इप अपडेट गरेर यो सेवा लिन सक्नुहुनेछ ।