सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) दिग्दर्शन, २०८२ सार्वजनिक गरेको छ ।
नागरिक एप (संचालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ खारेज गरेपछि नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) दिग्दर्शन, २०८२ ल्याइएको हो ।
मन्त्रीपरिषद्ले बनाएको निर्देशिकामा केही परिमार्जन गर्न फेरि मन्त्रीपरिषद्मै लैजानु पर्ने भएकाले त्यसलाई सहज बनाउन मन्त्रालयले दिग्दर्शन ल्याएको छ ।
सरकारले सबै सार्वजनिक सेवाहरू एउटै मोबाइल एपबाटै दिने उद्देश्यसहित नागरिक एप सञ्चालनमा ल्याएको छ ।
एपबाट नागरिकता, पासपोर्ट, भिसा कार्ड, प्यान कार्ड, राष्ट्रिय परिचयपत्र, ड्राइभिङ लाइसेन्स, लोकसेवा, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, उच्च माध्यामिक विद्यालयको सर्टिफिकेट, हेलो सरकार, प्रहरी रिपोर्ट, एनओसी, खानेपानी, विद्युत लगायतका सेवाहरू लिन सकिन्छ ।
यस्तो छ दिग्दर्शन