कीवर्डहरू -

एशिया प्याशिफिक आईसीटी अलायन्सको सदस्य बन्यो न्यास आईटी, आईटी क्षेत्र अझै बलियो हुने विश्वास

एशिया प्याशिफिक आईसीटी अलायन्सको सदस्य बन्यो न्यास आईटी, आईटी क्षेत्र अझै बलियो हुने विश्वास

नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (न्यास आईटी) एशिया प्याशिफिक आईसीटी अलायन्सको सदस्य बनेको छ । 

एशिया क्षेत्रमा प्रविधि, इन्नोभेसन र आईसीटीको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको एशिया प्याशिफिक आईसीटी अलायन्समा न्यास आईटी सदस्य बन्न सफल भएको हो । 

एशिया प्याशिफिक आईसीटी अलायन्सको सदस्य बनेपछि न्यास आईटीका अध्यक्ष रिचन श्रेष्ठले नेपालको प्रविधि क्षेत्रलाई बलियो बनाउन यो सहकार्य महत्त्वपूर्ण सावित हुने बताए । 

एशिया प्याशिफिक आईसीटी अलायन्सको सदस्य भएसँगै न्यास आईटीले अब अन्तर्राष्ट्रिय नेटवर्किङ र ज्ञान साझेदारको अवसर पाउने छ । 

एशिया प्याशिफिक आईसीटी अलायन्ससँगको सहकार्यले नेपालको आईटी क्षेत्रलाई बलियो बनाउनुका साथै क्षेत्रीय सदस्यसँगको अर्थतन्त्रसँग प्रतिस्पर्धा गरी नवप्रवर्तनलाई बढवा दिन, अन्तर-सास्कृतिक आदान प्रदान गर्न तथा नेपाली आईटी कम्पनीहरूका लगानी र बजार विस्तार गर्ने न्यास आईटीको विश्वास छ ।