नास आईटी अवार्ड्स २०२४ सम्पन्न भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न ११ विधामा अवार्ड प्रदान गर्दै नास आईटी अवार्ड्स २०२४ सम्पन्न भएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरूङको प्रमुख आतिथ्यतामा सुरू भएको कार्यक्रममा नास आईटीका अध्यक्ष सन्तोष कोइरालाले स्वागत मन्तव्य दिदै नास आईटी अवार्ड्सले आईटी उद्योगमा उत्कृष्टतालाई सम्मान र प्रोत्साहन गर्ने बताए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको आईटी उद्योगको विकासलाई सरकारले समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै नवीनता र डिजिटल रूपान्तरणलाई प्रवर्द्धन गर्ने नास आईटी अवार्ड्सको योगदानको प्रशंसा गरेका थिए ।
यस्तै कार्यक्रममा बोल्दै नास आईटीका संस्थापक अध्यक्ष रिचन श्रेष्ठले नास आईटी र अवार्डको भिजन बारे प्रष्ट पारेका थिए ।
त्यसैगरी कार्यक्रममा ‘नेपाली आईटी कम्पनीहरूलाई विश्वव्यापी रूपमा सफल बनाउने’ विषयमा भएको प्यानल छलफल भएको थियो । विभुषन विष्टले सहजीकरण गरेको प्यानल संवादमा अनिल कुमार दत्त, अग्मा मलाकार, संजय श्रेष्ठ र रिचन श्रेष्ठ वक्ताको रूपमा रहेका थिए ।
शुक्रबार बैंकिङ, बीमा, वित्त, मार्केटप्लेस, शिक्षा, यातायात लजिष्टिक, फिनटेक, आइसिटी सेवा सोलुसन, सेक्युरिटी सोलुसन, प्रोफेसनल सेवा सोलुसन, हेल्थ एण्ड वेल बिङ, सरकार, नागरिक सेवा, डिजिटल सरकार तथा स्नातक तहका विद्यार्थीका परियोजना गरी ११ विधामा नास आईटी अवार्ड प्रदान गरिएको थियो ।
अवार्ड विजेताहरू अब ब्रुनाईमा हुने एपिक्टा अवार्डमा सहभागी हुनेछन् । विजेताहरूलाई आगामी डिसेम्बरमा ब्रुनाईमा हुने प्रतिस्पर्धाका लागि तयार गर्न तालिम समेत प्रदान गरिने छ ।
नास आईटी अवार्ड्स २०२४ का विजेताहरू
- टर्सीयरी स्टुडेन्ट प्रोजेक्ट (अन्डरग्राड ) : मोनिटरिङ सिटी एयर कुवालीटी इन्डेक्स (वायु)
- मार्केटप्लेसेज : सजिलो सेवा (सजिलो सेवा प्रा. लि.)
- ट्रान्सपोर्ट र लजिस्टिक्स : बाटो वेहिकल राउटिंग सिस्टम (काठमाण्डू लिभिङ ल्याब्स कन्सल्ट)
- हेल्थ र वेलबीइङ्ग : मेल्टडाउन - कर्पोरेट वेलबीइङ्ग प्लेटफर्म (मेल्टडाउन प्रा.लि.)
- सेकुरिटी सोलुसन्स : कम्प्लायन्स म्यानेजमेन्ट सिस्टम (त्रिलोक्य टेक्नोलोजी प्रा.लि.)
- फाइनान्स र एकाउन्टिङ सोलुसन्स (फिनटेक) : आईएमएस सफ्टवेयर प्रालि)
- आईसीटी सर्भिस सोलुसन्स : टुना एचएमएस (टुना टेक्नोलोजी प्रा.लि.)
- प्रोफेशनल सर्भिसेज सोलुसन्स : रिगो एचआर (रिगो टेक्नोलोजी)
- एजुकेशन : वेद (इन्ग्रेल्स प्रा. लि.)
- गभर्मेन्ट, सिटिजन सर्भिसेस र डिजिटल गभर्मेन्ट : एलएमसी एलर्ट (अलपास टेक्नोलोजी प्रा.लि.)
- बैंकिङ, इन्स्योरेन्स र फाइनान्स : खल्ती
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      