कीवर्डहरू -

कात्तिकमा नास आईटी एक्सपो आयोजना हुँदै

कात्तिकमा नास आईटी एक्सपो आयोजना हुँदै

नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास आईटी) ले आगामी कात्तिक २१ र २२ गते प्रदर्शनी आयोजना गर्ने भएको छ । ‘नास आईटी एक्सपो’ नाम दिइएको प्रदर्शनी सानेपास्थित हेरिटेज गार्डनमा हुने भएको हो । 

दुई दिनसम्म चल्ने यो प्रदर्शनी बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ । यसको उद्देश्य नेपालमा बनेका सफ्टवेयर तथा प्रविधि स्टार्टअप र इन्नोभेसनहरूलाई प्लेटफर्म प्रदान गर्नु रहेको छ । 

कार्यक्रममा सहभागी कम्पनीहरूले आफ्ना सफ्टवेयर तथा प्रविधि समाधानहरू अवलोकनकर्ता समक्ष प्रस्तुत गर्ने र घरेलु समाधानप्रति विश्वास जगाउने अवसर पाउनेछन् ।

एक्सपोमा अवलोकनकर्ताको रूपमा उद्यमी, लगानीकर्ता, नीति निर्माता, कर्पोरेट लिडर, सरकारी निकाय, विकास साझेदार लगायत सहभागी हुनेछन् ।