कीवर्डहरू -

आईटीमा करियर बनाउने सोच्दै हुनुहुन्छ ? नास आईटीले आईतबार आयोजना गर्दैछ करियर कम्पास

आईटीमा करियर बनाउने सोच्दै हुनुहुन्छ ? नास आईटीले आईतबार आयोजना गर्दैछ करियर कम्पास

के तपाई आईटीमा करियर बनाउने सोच्दै हुनुहुन्छ ? यदी त्यसो हो भने तपाईहरूका लागि उपयोगी हुन सक्छ नास आईटीको करियर कम्पास कार्यक्रम । 

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज (नास आईटी) ले असार १ आईतबार गते ‘फ्युचर इन टेक: क्यारियर कम्पास २०२५’ विषयमा कार्यक्रम आयोजना गर्दैछ । 

कार्यक्रममा कक्षा १२ को परीक्षा दिएका विद्यार्थी, स्नातक तहमा अध्ययनरत विद्यार्थी वा आईटीमा करियर बनाउने चाहनेहरूलाई सूचना प्रविधि (आईटी) क्षेत्रमा उपलब्ध विभिन्न करिअरका अवसरहरूको जानकारी प्रदान गरिने छ । 

करियर कम्पास कार्यक्रम असार १ गते आईतबार दिउँसो २ बजेपछि सानेपास्थित सेडारगेट टेक्नोलोजीजमा सञ्चालन हुनेछ । कार्यक्रममा सूचना प्रविधि क्षेत्रका विज्ञहरूले आईटीमा उपलब्ध भएका विभिन्न करियर र अवसरको बारेमा विस्तृत ज्ञान प्रदान गर्नेछन् । 

एमिनेन्स वेजका प्रमुख सञ्चालन अधिकृत प्रजवल गौतमले साइबर सुरक्षा, क्लाउड फ्याक्ट्रीका लिड सफ्टवेयर इन्जिनियर सुनिल पौडेलले सफ्टवेयर डेभलपमेन्ट, एमनिल टेक्नोलोजीजका प्रमुख प्रविधि अधिकृत निश्चल श्रेष्ठले क्लाउड कम्प्युटिङ र डेभअप्स सेडारगेट टेक्नोलोजीजका डेटा उपाध्यक्ष स्वेता कर्णले डेटा साइन्स तथा एनालाइटिक्स तथा नाम्चेका वरिष्ठ फुल स्ट्याक सफ्टवेयर इन्जिनियर सबिन थापाले एआईको बारेमा प्रस्तुती दिनेछन् । 

उद्योग र शिक्षाबीच देखिएको खाँडललाई घटाउन करियर कम्पास आयोजना गर्न लागेको नास आईटीले जनाएको छ । 

कार्यक्रममा विशेष गरी आईटीमा करियर बनाउन चाहने कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थी, बीएससी सीएसआईटी, बीआईटी, बीसीए, बि टेकमा अध्ययनरत विद्यार्थीहरू तथा सूचना प्रविधिमा रुचि राख्ने सबैका लागि खुला हुनेछ ।

कार्यक्रममा विज्ञहरूसँग प्रश्नउत्तर शत्र समेत सञ्चालन हुनेछन्, जसमा सहभागीहरूले विज्ञहरूसँग आफ्नो जिज्ञासा सोध्न सक्ने छन् । 

यदी तपाई पनि करियर कम्पास कार्यक्रममा सहभागी भएर आईटी करियर बारे जानकारी लिन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ । याद राख्नुहोस्, नाम दर्ता गराएपछि मात्रै कार्यक्रममा सहभागी हुन पाइने छ ।