कीवर्डहरू -

विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान गरेकालाई पुरस्कार दिदै नास्ट, यसरी दिनुहोस् आवेदन

विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान गरेकालाई पुरस्कार दिदै नास्ट, यसरी दिनुहोस् आवेदन

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विज्ञान प्रविधिका विभिन्न पुरस्कारका लागि आवेदन आह्वान गरेको छ । 

आर्थिक वर्ष २०८१/०८२ सालमा प्रदान गरिने विज्ञान प्रविधिका विभिन्न पुरस्कारका लागि नास्टले आवेदन माग गरेको हो ।  

यस वर्ष नास्टले कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार, प्रकृति संरक्षण पुरस्कार, विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार, विज्ञान पुरस्कार, प्रविधि पुरस्कार, विज्ञान तथा प्रविधि युवा पुरस्कार, महिला विज्ञान तथा प्रविधि पुरस्कार, प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार, विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार, विज्ञान शिक्षक पुरस्कार, उत्कृष्ट विद्यार्थी पुरस्कार, गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कार प्रदान गर्दै छ । 

यस्तै दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार, फणिन्द्र प्रसाद न्यौपाने अनुसन्धान पुरस्कार, मोहनध्वज बस्नेत पुरस्कार (संस्थालाई), भुवनेश्वर प्रविधि पुरस्कार, जितबहादुर नकर्मी धातु प्रविधि पुरस्कार र हामा बालकृष्ण श्रेष्ठ इन्जिनियरिङ पुरस्कार (सिभिल/स्ट्रक्चरल इन्जिनियरिङ) प्रदान गरिने नास्टले जनाएको छ ।

पुरस्कारका लागि आवेदन दिने अन्तिम समय आगामी कात्तिक ४ गतेसम्म रहेको छ । आवेदन फाराम नास्ट www.nast.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।

रीतपूर्वक प्राप्त नभएका तथा म्याद नाघी आएका निवेदन उपर कुनै कारबाही नगरिने व्यहोरा समेत नास्टले जानकारी दिएको छ । 

null