नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्न (नास्ट) ले ‘युवा वैज्ञानिकहरुको लागि अनुसन्धान सहयोग’ कार्यक्रम अन्तर्गत १२ लाखसम्म अनुदान प्रदान गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ मा प्राप्त भएका अनुसन्धान प्रस्तावहरूमध्येबाट अनुसन्धान तथा नवीनतम प्रविधि विकास गर्न चाहने युवा वैज्ञानिकहरूलाई अनुदान दिएको हो ।
व्यक्ति/समूहगतको अनुसन्धानका लागि पाँच लाख, संस्थागतको दश लाख र बहु विधागतको लागि बाह्र लाख रूपैयाँसम्म अनुदान दिइएको छ ।
विषय विज्ञहरुबाट भएको मूल्याङ्कनबाट उच्चतम औसत अंकको आधारमा प्रस्तुतिकरण गराई विषय विज्ञहरुले गर्नु भएको प्रस्ताव मूल्याङ्कनको औसत अंक, प्रस्तुतिकरण पूर्णाङ्कमा समिति सदस्यहरुको ५० प्रतिशत औसत अंक र विज्ञको ५० प्रतिशत अंकको आधारमा समेत उच्चतम अंक प्राप्त गर्ने विधागत आवेदकहरुको अनुसन्धान प्रस्ताव अनुदान दिइएको नास्टले जनाएको छ ।
अनुसन्धान अनुदान प्राप्त गर्ने बहुविधागतका आवेदकहरुले कार्यालयको पत्र र बैंक खाता विवरण (पान नं. सहित) र क्याम्पस स्तर (स्नातक) र विद्यालय स्तर विधाका प्रस्तावका आवेदकहरुले आफ्नो बैंक खाता विवरण र पान नं सहित अनुसन्धान अनुदान सम्झौताको लागि ७ दिन (कार्यालय समय) भित्र यस प्रज्ञा प्रतिष्ठानको कोठा नं. २०५ (फोन नं. ०१५२५३६१९) मा सम्पर्क राख्न अनुरोध गरिएको छ ।
तोकिएको समय सीमा भित्र अनुदानको लागि सम्झौता गर्न नआएमा त्यसपछि कुनै कारवाही नहुने व्यहोरा पनि नास्टले जानकारी दिएको छ ।
क-कसले पाए अनुदान ?