कीवर्डहरू -

राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, १३ जनाको दरबन्दी स्वीकृत

राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, १३ जनाको दरबन्दी स्वीकृत

राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको छ । माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको प्रस्तावित सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेसँगै साइबर सुरक्षा केन्द्र स्थापना भएको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेर राष्ट्रिय साइबर सुरक्षाले काम गर्नेछ । केन्द्रको नेतृत्व महानिर्देशक (सहसचिव - प्राविधिक) ले गर्नेछन् । 

महानिर्देशकसहित उप-सचिवस्तरको एक जना निर्देशक, कम्प्युटर अधिकृत (सेक्युरिटी अपरेशन विश्लेषक) २ जना, कम्प्युटर इन्जिनियर ४ जना, कम्प्युटर अधिकृत (नेटवर्क एडमिनिष्ट्रेटर) १ जना, कम्प्युटर अधिकृत (सेक्युरिटी) १ जना, लेखा अधिकृत १ जना, कार्यालय सहयोगी १ जना र हलुका सवारी चालक १ जना गरी १३ जनाको दरबन्दी स्वीकृत भएको हो ।