राष्ट्रिय सूचना प्रविधि दिवस २०८२ (नेशनल आइसिटी डे २०२५) को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न विधामा नेशनल आइसिटी अवार्ड प्रदान गरेको छ ।
नेपाल पुलिस क्लब प्रदर्शनी मार्गमा आयोजित कार्यक्रममा सरकारले २ जना वक्तिसहित १२ संस्थाहरूलाई सम्मान गरेको हो ।
यस वर्ष नेशनल आइसिटी एक्सिलेन्स अवार्ड २०२५ प्रा.डा. शशिधर राम जोशी, नेशनल आइसिटी एक्सिलेन्स अवार्ड २०२५ महिलातर्फ बन्दना शर्मालाई र नेशनल आइसिटी इन्नोभेसन अवार्ड २०२५ ईकागजपत्र प्रालिलाई प्रदान गरिएको छ ।
यस्तै नेशनल आईसीटी अवार्ड २०२५ पब्लिक सेक्टरबाट जल तथा मौसम विज्ञान विभाग, नेशनल आइसिटी अवार्ड २०२५ प्राइभेट सेक्टरबाट माभोरियन सिस्टम र नेशनल आइसिटी अवार्ड २०२५ (पब्लिक सेक्टर – प्रोभिन्सीयल/लोकल) बाट ललितपुर महानगरपालिका सम्मानित भएका छन् ।
यसैगरी नेशनल आइसिटी अवार्ड २०२५ (प्राइभेट सेक्टर – प्रोभिन्सीयल/लोकल) नेपालगञ्जको निन्जा इन्फोसिसलाई प्रदान गरिएको छ भने नेशनल आइसिटी स्टार्टअप अवार्ड २०२५ बाट ट्याकुम डिजिटललाई प्रदान गरिएको छ ।
यस्तै आर्थिक वर्ष २०८०-८१ आइसिटी क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा एनसेल, फोनपे र इसेवा सम्मनित भएका छन् ।
यस बाहेक आर्थिक वर्ष २०८०-८१ मा सूचना तथा सञ्चार प्रविधि सेवा निर्यात गरी नेपालमा सबैभन्दा बढी विदेशी मुद्रा भित्राउने कम्पनीको रूपमा सेडारगेट, स्प्राउट टेक्नोलोजीज र लिपफ्रग टेक्नोलोजी सम्मानित भएका छन् ।