कीवर्डहरू -

राष्ट्रिय सूचना प्रविधि केन्द्र अब आईटी विभाग अन्तर्गत रहने, ५९ स्थायी दरबन्दी स्वीकृत

राष्ट्रिय सूचना प्रविधि केन्द्र अब आईटी विभाग अन्तर्गत रहने, ५९ स्थायी दरबन्दी स्वीकृत

सूचना प्रविधि विभाग र राष्ट्रिय सूचना प्रविधि केन्द्रको सङ्गठन संरचना र दरबन्दी स्वीकृत भएको छ । माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले विभाग र केन्द्रको प्रस्तावित सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको हो । 

यसँसगै विभागमा थप ४ दरबन्दी र राष्ट्रिय सूचना प्रविधि केन्द्रमा स्थायी ५९ दरबन्दी स्वीकृत गरिएको छ । यसअघि विभागमा ३५ दरबन्दी कायम थिए । अब यो संख्या ३९ पुगेको छ । 

यसअघि विकास समितिबाट स्थापना भएको केन्द्र अब सूचना प्रविधि विभाग सञ्चालन हुनेछ । विभागमा सहसचिवस्तरको प्राविधिक महानिर्देशक र उप महानिर्देशक रहने छन् । जसमध्ये महानिर्देशकले विभागको र उपमहानिर्देशकले सूचना प्रविधि केन्द्रको नेतृत्व लिने छन् ।