सरकारले राष्ट्रिय सूचना प्रविधि विकास समिति (गठन) आदेश २०५८ खारेज गरेको छ ।
वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सूचना प्रविधि विकास समिति (गठन) आदेश २०५८ खारेज गरेको हो ।
राष्ट्रिय सूचना प्रविधि विकास समिति (गठन) आदेश २०५८ बाट राष्ट्रिय सूचना प्रविधि केन्द्र स्थापना गरिएको थियो ।
सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई सूचना प्रविधि विभागमा मर्ज गरेसँगै विकास समिति गठन आदेश खारेज गरिएको हो ।