कीवर्डहरू -

एनसेलले मनायो १९औं वार्षिकोत्सव, २० करोड सामाजिक पहलमा योगदान गर्ने प्रतिबद्धता

एनसेलले मनायो १९औं वार्षिकोत्सव, २० करोड सामाजिक पहलमा योगदान गर्ने प्रतिबद्धता

निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेल २० औं वर्षमा प्रवेश गरेको छ । सन् २००५ मा आजकै दिन अर्थात सेप्टेम्बर १७ बाट एनसेलको यात्रा सुरू भएको थियो । 

त्यसबेलादेखि नै कम्पनीले आफ्‌ना सेवाहरू प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा आमुल परिवर्तन ल्याएको छ र सेवामा पहुँच सुनिश्चित गराउदै ग्राहक सेवामा व्यापक परिवर्तन ल्याउनमा ठूलो योगदान दिएको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कयुमोभ नेपाललाई डिजिटल भविष्यतर्फ डोर्‍याउन तत्पर रहेको बताए । नेपालको एक ठूला करदाताको रुपमा एनसेलले आफ्‌नो स्थापना काल देखि आजसम्म ३२० अर्ब रूपैयाँ भन्दा बढी सरकारलाई कर तथा शुल्कहरु बुझाई सकेको छ र नेपालको अर्थतन्त्रमा उल्लेखनिय योगदान पुर्याएको छ । 

सर्वसाधारणलाई भरपर्दो आधारभूत मोबाइल सेवा टुजी, थ्रीजी हुदै फोरजी सेवा, बायरलेस मोबाइल बोडव्याण्डदेखि प्वाइन्ट द प्वाइन्ट कनेक्टिभिटी र मोबिलिटी सेवा देखि क्लाउड र डेटा सेन्टर सेवा सहित नेपाली व्यवसायहरुलाई उनीहरुका सञ्चार आवश्यकताहरु पुरा गर्न नवीनतम सेवाहरु प्रदान गरेर एनसेल नेपालको परिवर्तनको सवाहक बनेको छ ।

वार्षिकोत्सवको अवसरमा एनसेलले हालै मात्र पेरिस पारालिम्पिक्स २०२४ मा नेपालको लागि पहिलो पदक जितेर इतिहास रचेकी पारा खेलाडी पलेगा गोवर्धनलाई सम्मान पनि गरेको छ । 

एनसेलले १९औ वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनले विभिन्न कार्यक्रमहरु जस्तै वृक्षरोपण, शैक्षिक सामग्रि वितरण, स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर स्किनिङ्ग, रक्तदान कार्यक्रम, स्किल क्याम्प लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ । 

साथै एनसेल व्यवस्थापनका उच्चपदस्त अधिकारीहरु र अन्य कर्मचारीहरु ग्राहकहरूसंग अन्तरक्रिया गर्न र उनीहरूको माया र निरन्तर सहयोगका लागि व्यक्तिगत रूपमा धन्यवाद दिन देशका विभिन्न भागमा रहेका एनसेल सेन्टरहरू र पोइन्ट अफ सेल्सको भ्रमण पनि गर्ने छन् ।

सामाजिक उत्तरदायित्वमा सक्रिय

एनसेलले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनको घोषणा गरेको छ । विगत १९ वर्षमा एनसेलले सामाजिक उत्तरदायित्व अन्तर्गत २ अर्ब बढी योगदान गरिसकेको छ, जसबाट १ करोड ३० लाख बढी जनता लाभान्वित भएका छन् । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरू एकै ठाउँमा ल्याउन एनसेलले फाउन्डेसन स्थापना गरेको हो । 

समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउन र दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि योगदान पुर्‍याउने फाउन्डेसनको भिजन रहेको बताएको छ । 

२०७२ सालको विनाशकारी भूकम्पपछि एनसेलले भूकम्प प्रभावित परिवारहरुको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ प्रदान गरेको थियो । साथै आफ्‌ना परिवारजन तथा आफन्तहरुसँग सम्पर्कमा रहि रहन कम्पनीले ग्राहकहरुलाई १ अर्ब ६० करोड रूपैयाँ बराबरको सेवा सुविधाहरु निःशुल्क उपलब्ध गराएको थियो ।

कोभिडको महामारीका बेलामा सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा १० करोड रूपैयाँ योगदान गर्ने एनसेल पहिलो निजी कम्पनी थियो । 

गत वर्षको जाजरकोट भुकम्पपछि एनसेलले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग पुर्याउन कर्णाली प्रदेश सरकारलाई ५० लाख रूपैयाँ सहयोग उपलब्ध गराएको थियो र भुकम्प प्रभावित क्षेत्रका १० विद्यालयहरुलाई कक्षा कोठा बनाउन पनि सहयोग प्रदान गरेको थियो ।

त्यसैगरी २०७१ सालमा, देशका विभिन्न भागमा आएको बाढी र पहिरोजस्ता प्राक्तिक विपत्तिका पीडितहरुको राहत तथा उद्धारका प्रधानमन्त्री प्राकृतिक विपत्ति राहत कोषलाई २० करोड सहयोग प्रदान गराएको थियो । १९औं वार्षिकोत्सवको कार्यक्रममा एनसेलले आगामी ५ वर्षमा कम्पनीले कम्तिमा २० करोड रूपैयाँ सामाजिक पहलहरुमा योगदान गर्ने प्रतिवद्धता जनाएको छ ।

एनसेलले टावरहरू राख्ने, मानिसहरुलाई दूरसञ्चार सेवा प्रदान गर्ने र रोजगारी दिने काम मात्र नगर्ने जाब्बोरको भनाइ छ । ‘दिगो, प्रभावकारी र हामी तपाईकै लागि' थिम अनुसार संस्थागत सामाजिक उत्तरदायित्वमा काम गर्दै नेपालमा एक उदाहरणीय कम्पनीका रुपमा स्थापित हुने लक्ष्य सहित अगाडि बढेका छौं,’ उनले थपे । 

आफ्नो बाण्ड बाचा आज, भोलि सधै संगै र एनसेल फाउन्डेसनको शुमारम्भसँगै एनसेलले आफ्‌नो सामाजिक कार्यको धरातललाई अझै फराकिलो पार्दै समुदायको तल्लो स्तरमा सामाजिक पहलहरुका साथ धेरै भन्दा धेरै मानिसलाई लाभान्वित गर्ने उद्देश्य लिएको छ ।

एनसेल फाउन्डेसनको आरम्भसँगै १९औं वार्षिकोत्सवको उपलक्ष्यमा नाइन्टिन फर नाइन्टिन परियोजनाको पनि घोपणा गरेको छ । यस पहल अन्तर्गत सातै प्रदेशबाट छानिएका कुल १९ वटा सामाजिक कार्यहरु कार्यान्वयन गरिने छन् र प्रत्येक एक आयोजनाले १० लाख नीड फन्डको रुपमा सहयोग प्राप्त गर्नेछन । गत वर्ष एटीन फर एटीन' अत्तर्गत खुला गरिएका परियोजना प्रदेश स्तरमा कार्यान्वयन रहेका छन् ।