कीवर्डहरू -

एनसेलका सीईओ जाब्बोर कायुमोभले दिए राजीनामा, निमित्त सीईओमा सैयद एमडी एनामुल कविर नियुक्त

एनसेलका सीईओ जाब्बोर कायुमोभले दिए राजीनामा, निमित्त सीईओमा सैयद एमडी एनामुल कविर नियुक्त

जाब्बोर कायुमोभले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिएका छन् ।  

कायुमोभले राजीनामा दिएपछि प्रमुख वित्तीय अधिकारी (सीएफओ) सैयद एमडी एनामुल कविरलाई निमित्त सीईओमा नियुक्त भएका छन् । 

एनसेलले आफ्नो वेबसाइटबाट समेत जाब्बोर कायुमोभको नाम हटाइसकेको छ । चार्टर्ड एकाउन्टेन्ट एनामुलसँग दुई दशकभन्दा बढीको विविध नेतृत्व अनुभव रहेको छ ।

एनसेलमा आवद्ध हुनु अघि, उनी बङ्गलादेशको युसीबी फिनटेक कम्पनी (युपे) मा डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) र प्रमुख वित्तीय अधीकृत (सीएफओ) का रूपमा कार्यरत थिए । 

त्यहाँ उनले संस्थाको दीर्घकालीन वृद्धि, सञ्चालन दक्षता अभिवृद्धि, र सेयरधनीहरूसँगको सम्बन्ध सुदृढ बनाउन रणनीतिक दिशा तय गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनले टेलिनोर ग्रुप अन्तर्गत बङ्गलादेशको ग्रामीणफोन र थाइल्यान्डको डीट्याकमा वरिष्ठ वित्तीय नेतृत्व भूमिका निर्वाह गरेका छन् । यसअघि उनी नेस्ले बङ्गलादेश लिमिटेड र केपीएमजी बङ्गलादेशमा पनि कार्यरत थिए ।

उनले बेलायतको युनिभर्सिटी अफ एडिनबर्ग बिजनेस स्कुलबाट एमबीए गरेका छन्।