कीवर्डहरू -

एनसेलले बढायो ‘लीग अफ क्रिएटर्स’मा सहभागी हुने म्याद असार १ सम्म

एनसेलले बढायो ‘लीग अफ क्रिएटर्स’मा सहभागी हुने म्याद असार १ सम्म

एनसेलले आयोजना गर्न लागेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा सहभागी हुनका लागि भिडियो पोष्ट गर्ने अन्तिम म्याद पाँच दिनले थपिएको छ । अब ईच्छुक सहभागीहरुले आफ्नो भिडियो असार १ गते आइतबारसम्म पोष्ट गर्न सक्छन् ।

कम्पनीले अपट्रेन्डलीसँगको सहकार्यमा देशभर फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल सामग्री निर्माताहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्य सहित यो अभियान संचालन गरेको हो । यस अभियानको प्रतियोगिताले डिजिटल कन्टेन्ट क्रिएटर्स बन्न चाहनेहरूलाई ‘माइ नेटवर्क, माइ कनेक्टिभिटी’ भन्ने विषयवस्तुमा आधारित रही आफ्ना सामग्री प्रस्तुत गर्न प्लेटफर्म प्रदान गर्दछ । 

प्रतियोगितामार्फत सहभागीहरुले आफ्नो पहिचान बनाउने मौका पाउनेछन् र साथै पुरस्कारका रुपमा एनसेलसँग १० लाख रुपैयाँबराबरको एक वर्षको ब्रान्ड डिल जित्ने मौका पाउनेछन् । सहभागी प्रतियोगिहरुलाई सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा, एकता तण्डुकारजस्ता सम्बन्धित क्षेत्रका अग्रणी व्यक्तित्वहरू र चर्चित क्रिएटर्सहरूले मार्गदर्शन गर्नेछन् ।

यो प्रतियोगितामा पहिला अनुभव भएका वा नभएका सबै १६ वर्ष माथिका नेपाली डिजिटल सामग्री निर्माता अर्थात क्रिएटर्सले सहभागिता जनाउन सक्छन् । सहभागीहरूले आफ्नो नेटवर्क र कनेक्टिभिटीप्रतिको व्यक्तिगत वा भावनात्मक बुझाइ झल्किने ३० देखि ९० सेकेन्डको भर्टिकल भिडियो तयार गरी टिकटक र इन्स्टाग्राम दुवैमा पोष्ट गर्नु पर्दछ । पोष्ट गर्दा क्याप्सनमा @Ncell ट्याग गर्दै तोकिएको आफ्नो मेन्टर जस्तै #TeamSanjog / #NcellLeagueOfCreators2025 ह्यासट्याग लेखिएको हुनुपर्दछ । 
 
देशभरिबाट प्राप्त हुने भिडियोहरूबाट उत्कृष्ट ५० जना क्रिएटर्सलाई मेन्टरहरूले छान्नेछन्, जसले विशेष प्रशिक्षण र मेन्टरशिप प्राप्त गर्नेछन् । मेन्टर वर्कशप असार ७ र ८ आयोजना हुनेछ भने निर्णायक मन्डलले सहभागी प्रतियोगीहरुको समिक्षा असार २३ गते हुने एनसेलले जनाएको छ । 

यसरी छानिने ५० जना क्रिएटर्स ५ जना मेन्टरको नेतृत्वमा रहने समुहहरुमा विभाजन गरिनेछन् र प्रत्येक समुह एनसेल आइकनमा आयोजना हुने कार्यशालामा सहभागी हुनेछन् । यो अभियानमा च्यालेन्ज राउन्ड पनि समावेश रहेको छ जसमा सहभागिहरुले आफूलाई प्रदान गरिएको सिर्जनात्मक ब्रिफिङ बमोजिम सामग्री तयार पार्नु पर्ने हुन्छ र विज्ञ निर्णायकहरू त्यसको मूल्याङ्कन गर्नेछन् ।
 
‘लीग अफ क्रिएटर्स’ को ग्रान्ड फिनाले असार २७, २०८२ मा आयोजना गरिनेछ र विजेताको घोषणा गरिनेछ । उत्कृष्ट प्रतिभाहरूलाई मनोरञ्जनात्मक  कार्यक्रममाझ सम्मान गरिनेछ । मुख्य विजेताले एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षका लागि ब्रान्ड डिल प्राप्त गर्नेछ ।

यस्तै, नेपालका शीर्ष क्रिएटर्सहरूसँग विशेष प्रशिक्षण, देशव्यापी पहिचान र नेटवर्किङका अवसरहरू यस प्रतियोगिताका थप आकर्षणहरू हुन् । साथै एनसेल र अमेरिकी दूतावासका सम्बन्धित प्रतिनिधिहरुले सहभागी क्रिएटर्सहरूको सामग्रीको मूल्यांकन गर्नेछन् ।

यस प्रतियोगितामा सहभागी हुन कुनै शुल्क लाग्दैन । सहभागीहरू अभियान अवधिभर नेपालमै हुनु आवश्यक छ । यस प्रतियोगितामा सहभागी हुन र अन्य थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।