एनसेल प्रयोगकर्ताले अब ब्यालेन्स सकिँदा वा डेटा नहुँदा पनि खल्ती एप चलाउन सक्ने भएका छन् । निःशुल्क खल्ती एप चल्ने भएका कारण इन्टरनेट पहुँच नपुगेको ग्रामीण भेगका व्यक्तिहरूले पनि डिजिटल सेवामार्फत सजिलै आफ्नो एनसेल रिचार्ज साथै डेटा र भ्वाइस प्याकेज खरिद गर्न सक्ने खल्तीले जनाएको छ ।
यसका सँगसँगै पहुँच भएका प्रयोगकर्ताहरूलाई पनि इमर्जेन्सी परेको बखत यो सुविधा धेरै नै उपयोगी हुने विश्वास गरिएको छ । यस सुविधाले सजिलै डेटा प्याक खरिद गरी इन्टरनेट पहुँच प्रदान गर्न सघाउने छ ।
सो इन्टरनेटमार्फत खल्तीमा रहेका साधा जनजीवनमा प्रयोग हुने बिजुली, खानेपानी, टिभी र अन्य घरेलु सेवा सुविधा को भुक्तानी, रेमिटेन्स, स्क्यान यान्ड पे देखि लिएर मुभी, इभेन्ट, खल्ती क्विज जस्ता इनोभेटिभ सेवा सम्मको सुविधा प्रयोग गर्ने पाउनेछन्।
यसका साथै एन्सेल र खल्तीको सहकार्यमा हरेक आइतबार (फागुन २५ र चैत्र ३) मजेदार उपहारको साथ फायर सेल्स घोषणा गरिएको छ । उक्त दिनहरूमा खल्तीबाट एनसेलको डेटा वा भ्वाइस प्याक खरिद गर्ने प्रयोगकर्ताले थप डाटा र भ्वाइस (सबैजना १०० प्रतिशत पक्का), एयर बड (2 जनालाई), एक जोडा फिल्म टिकट (२० जनालाई) र ५ अप्रिलमा हुन गइरहेको जेमसन पाटन फेस्टको भिआइपी टिकट (२ जनालाई) जित्ने मौका पाउनेछन् ।
खल्तीका युजर हेड रौनक मुखियालेडिजिटल भुक्तानीका लागि अब खल्ती सधैँ अन रहने बताएका छन् ।