एनसेल आजियाटाले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकलाई लक्षित गर्दै नयाँ ‘अनलिमिटेड टुरिस्ट ईसिम प्लान’ सार्वजनिक गरेको छ । ‘Connect Without Limits’ भन्ने नारासहित ल्याइएको यो योजनाले नेपाल घुम्न आउने पर्यटकलाई सजिलो, किफायती र भरपर्दो संचार सुविधा उपलब्ध गराउने कम्पनीको दाबी छ ।
यस प्लान अन्तर्गत प्रयोगकर्ताले अनलिमिटेड डेटा र भ्वाइस कल सुविधा प्राप्त गर्नेछन् । यो योजना ४.३ अमेरिकी डलरबाट सुरु हुने जनाएको छ ।
कम्पनीले तीन फरक प्याकेज उपलब्ध गराएको छ, जसमा स्प्रिन्टर प्लान ४.३ अमेरिकी डलर (नेपाली ५९५ रूपैयाँ) मा ७ दिनका लागि, एक्सप्लोरर प्लान ७.२ अमेरिकी डलर (नेपाली ९९५ रूपैयाँ) मा १४ दिनका लागि र भ्वोएजर प्लान १४.४ अमेरिकी डलर (नेपाली रूपैयाँ १९९५) मा २८ दिनका लागि उपलब्ध छन् ।
स्प्रिन्टरमा १० जीबी र एक्सप्लोररमा २५ जीबीसम्म उच्च गति प्रयोग गर्न सकिने र त्यसपछि स्पीड घट्नेछ भने भ्वोएजर प्याकेज भने अनलिमिटेड हुनेछ ।
ईसिममार्फत सहजै सक्रिय गर्न सकिने भएकाले नेपाल घुम्ने क्रममा झन्झटबिनाको कनेक्टिभिटी अनुभव गर्न सकिने एनसेलले जनाएको छ ।
कम्पनीले नयाँ योजना पर्यटकलाई अझ सहज बनाउने र नेपाल भ्रमणको अनुभवलाई अझ रमाइलो बनाउन योगदान पुर्याउने विश्वास लिएको छ ।
ईसिम एनसेलको वेबसाइट esim.ncell.com.np मा गएर लिन सकिने छ ।