कीवर्डहरू -

राष्ट्रिय पारा खेलाडीहरूको सीप विकास र प्रशिक्षणमा एनसेलको सहकार्य

राष्ट्रिय पारा खेलाडीहरूको सीप विकास र प्रशिक्षणमा एनसेलको सहकार्य

एनसेलले देश तथा विदेशमा नेपाललाई प्रतिनिधित्व गर्ने राष्ट्रिय पारा खेलाडीहरुको सहयोगार्थ सम्पूर्ण पारा खेलाडीहरुको सिप विकास र प्रशिक्षणका लागि राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालसँग सहकार्य गरेको छ ।

यस वर्ष पारा एसियन गेम्समा विभिन्न १० खेलका विधामा हाम्रा १९ जना पारा खेलाडीहरु आफ्नो देशको लागि खेल्नेछन् । एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, टेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस खेलमा नेपाल सहभागी हुनेछ । 

देशको विभिन्न कुनाबाट, थुप्रै चुनौतीहरु पार गदै आफ्नो सपना प्रति दृढ विश्वासका साथ अधि बढेका हाम्रा पारा खेलाडीहरु अन्तराष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्दै छन् । एनसेलले पारा खेलाडीहरुको समग्र विकास र आवश्यक प्रशिक्षणकालागि एनपीसीसँग सहकार्य गरेको छ । 

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले पारा खेलाडीहरुको सपनालाई साथ दिएर अधि बढाउन सहयोग गर्न एनसेल सदैव तत्पर रहेको बताए । 

यस्तै राष्ट्रिय पारालम्पिक कमिटीका कोषाध्यक्ष ओम नाथ शिवाकोटीले देशका विभिन्न कुनामा रहेका पारा खेलाडीहरुको समग्र विकास र तालिमको लागि एनसेलसँग सहकार्य गर्न पाउँदा हर्षित भएको बताए ।

चौथौं पारा एसियन गेम्स यही कार्तिक ५ गते देखि ११ गतेसम्म चीनको हृङजाओ शहरमा हुन गईरहेको छ । यस खेलको लागि नेपालको प्रतिनिधित्व गदै नेपालका राष्ट्रिय पारा खेलाडी आज राती हृङजाओ प्रस्थान गदै छन् । यस एसिएन गेम्सको लागि चिफ-डि-मिसनको रुपमा एनपीसिका कोषध्यक्ष ओमनाथ शिवाकोटी रहेका छन् ।