कीवर्डहरू -

एनसेलले भन्यो: कुनै इन्टरनेट सेवा प्रदायकको शेयर खरिद गरेका छैनौं

एनसेलले भन्यो: कुनै इन्टरनेट सेवा प्रदायकको शेयर खरिद गरेका छैनौं

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले कुनै इन्टरनेट सेवा प्रदायकको शेयर खरिद नगरेको स्पष्ट पारेको छ । 

एनसेलले इन्टरनेट सेवा प्रदायक क्लासिक टेक खरिद गरेको भन्ने समाचार आएपछि प्रकाशित भएका समाचारहरू अपरिपक्व र अनुमानमा आधारित भएको जानकारी दिएको छ । 

‘एनसेलले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरेको दाबी गर्दै प्रकाशित भएका समाचारहरु अपरिपक्व र अनुमानमा आधारित भएको जानकारी गराउन चाहन्छौं,’ एनसेलले विज्ञप्तीमा भनेको छ, ‘एनसेलले ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको हुदाँ, यस सम्बन्धमा गहन छलफल र मूल्याङ्कनको प्रक्रियाको माध्यमबाट सम्पन्न गर्ने कुरामा समेत कम्पनी प्रतिबद्ध रहेको छ । नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसंग मेल खानेगरी आवश्यक निर्णय हुने कुरा सुनिश्चित गर्नु हाम्रो लक्ष्य रहेको छ ।’

समाचारहरु प्रकाशन, प्रसारण गर्नु अघि आधिकारिक धारणा बुझिदिन हुन सञ्चारका माध्यमहरुलाई समेत एनसेलले अनुरोध गरेको छ । 

एनसेलले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पुर्‍याउन निरन्तर कार्य गरिरहेको छ । आफ्ना सेवाहरु विस्तार गर्दै आम उपभोक्तादेखि व्यापार व्यवसायलाई सशक्त बनाउँदै अन्ततः थप कनेक्टेड र डिजिटल रूपमा समावेशी नेपालको विकासमा योगदान दिन सक्ने एनसेलको विश्वास छ ।