कीवर्डहरू -

एनसेलले भन्यो: हामी फेरि उठ्ने छौं

एनसेलले भन्यो: हामी फेरि उठ्ने छौं

जेनजी प्रदर्शनका क्रममा काठमाडौंस्थित मुख्य कार्यालय एनसेल आइकमसहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा गम्भीर क्षति पुगेको एनसेलले जनाएको छ । केन्द्रिय कार्यालयसहित क्षेत्रीय कार्यालयमा पनि क्षति भएपछि एनसेलले आफुहरू फेरि उठ्ने बताएको हो । 

 यी घटनाले भौतिक क्षति मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर जोखिम उत्पन्न गराएको समेत एनसेलको भनाइ छ । ‘यी चुनौतीहरूको बाबजुद, एनसेल सधैं झै देश र आम जनमानसलाई दूरसञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित राख्ने आफ्नो मूल उद्देश्यमा अडिग रह्यो,’ एनसेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘संकटको समयमा सहज रुपमा सेवाको उपलब्धता सुनिश्चित गर्नका लागि हामीले तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गरायौं ।’ 

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिदै कम्पनीले देशका युवाहरुको अगुवाइमा गरिएको आन्दोलनले ल्याएको परिवर्तनलाई स्वागत गर्ने र सबै नेपालीका लागि अझ ठूलो एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने आशा गरेको जनाएको छ ।

एनसेलले २० वर्षदेखि एनसेलले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा नेपालको रुपान्तरण यात्रामा साथ दिँदै, रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति प्रदान गर्दै र डिजिटल नेपाल निर्माणको भिजनमा योगदान पुर्‍याउँदै आएको छ ।