कीवर्डहरू -

बन्दना शर्मालाई एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२४ प्रदान

बन्दना शर्मालाई एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२४ प्रदान

एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२४ नेपाल बैंकमा कार्यरत बन्दना शर्मालाई प्रदान गरिएको छ । शुक्रबार ह्यात रिजेन्सी काठमाडौंमा आयोजना भएको इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनस एण्ड जुमको ग्राण्ड फिनाले कार्यक्रममा उनलाई एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२४ प्रदान गरिएको हो ।

नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पुर्‍याएका महिलालाई यो अवार्ड प्रदान गरिन्छ । उक्त अवार्ड यो वर्ष नेपाल बैंकमा कार्यरत शर्माले प्राप्त गरेकी हुन् । 

एनसेल वुमन आईकन विजेतालाई ३ लाख रूपैयाँ नगद समेत प्रदान गरिएको छ । सूचना प्रविधि क्षेत्रमा १८ वर्षदेखि निरन्तर क्रियाशिल महिला हुन, बन्दना शर्मा । पोखरा विश्वविद्यालयबाट बीसीए अध्ययन गरेकी उनले मास्टर्समा सूचना प्रविधि, नेटवर्क एण्ड ई बिजनेस र एमबीए पनि अध्ययन गरेकी छन् । 

सन् २००६ मा आईटी सपोर्ट अफिसरको रूपमा नेपाल बैंकमा प्रवेश गर्नुभएकी शर्मा चिफ सेक्युरिटी अफिसर हुँदै हाल कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुखको रूपमा कार्यरत छिन् । 

नेपाल बैंकलाई डिजिटलाइज गर्ने काममा सुरूवातदेखि नै आवद्ध उनले कोर बैंकिङ सिस्टम, नेटवर्क सुरक्षा, साइबर सुरक्षा लगायत बैंकको डिजिटल पूर्वाधार विकास तथा सेवाहरूलाई ग्राहकमैत्री बनाउन निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।

नेपाल वित्तीय कर्मचारी संघको उपाध्यक्षको रूपमा समेत काम गरेकी शर्मा क्यान महासंघ, वुमन इन आईटी, युनि प्रोफेसनल म्यानेजमेन्ट कमिटिमा पनि आवद्ध भएर आफ्नो अनुभव बाँडिरहेकी छन् । साथै वित्तीय समावेशीता र स्टिम एजुकेसनमा उनले योगदान रहेको छ ।