कीवर्डहरू -

सुपर एपको अवधारणामा विकसित गरिएको ‘एनच्याट’ एप सार्वजनिक

सुपर एपको अवधारणामा विकसित गरिएको ‘एनच्याट’ एप सार्वजनिक

नवनेक्सा टेकले सुपर एपको अवधारणामा विकसित गरिएको ‘एनच्याट’ सार्वजनिक गरेको छ।

शनिबार काठमाडौंस्थित केएमसी कलेजमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको एनच्याट ११ महिनाको अनुसन्धान तथा विकासपछि तयार भएको हो, जसमा हाल अडियो–भिडियो कल, ओसीआर, अनुवाद, एआई असिस्टेन्ट तथा पाँच मिनेटमै एप बनाउन सकिने सुविधा उपलब्ध छन् ।

null

भविष्यमा डिजिटल भुक्तानी, सेवा बुकिङ, किनमेललगायतका दैनिक आवश्यक सेवाहरू पनि एउटै प्लेटफर्ममा समावेश गरिने कम्पनीले जनाएको छ।

नवनेक्सा टेकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत धिरेन हमालले एनच्याट नेपाली यथार्थलाई ध्यानमा राखेर बनाइएको सरल, छिटो र भरपर्दो प्लेटफर्म भएको बताए। सबै उमेर समूहलाई लक्षित गरी डिजाइन गरिएको यस एपमा टेक्स्ट–टु–अडियो, भ्वाइस–टु–टेक्स्ट तथा अंग्रेजी–नेपाली रियल–टाइम अनुवादजस्ता समावेशी सुविधा छन् भने आगामी दिनमा अन्य स्थानीय भाषाहरू पनि थपिने जनाइएको छ।

साथै, एनच्याटको इन–एप एप स्टोर तथा मिनि एप इकोसिस्टममार्फत स्टार्टअप र स्थानीय व्यवसायीहरूले कुनै कोडिङ ज्ञान बिना ड्रयाग एण्ड ड्रप विधिबाट आफ्नो मिनि एप तयार गरी उत्पादन तथा सेवा प्रदर्शन, ग्राहकसँग प्रत्यक्ष संवाद र अर्डर लिन सक्नेछन्।