कीवर्डहरू -

मास्टरकार्ड प्रयोगकर्ताले अब नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

मास्टरकार्ड प्रयोगकर्ताले अब नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र  मास्टरकार्डबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारी अन्तर्राष्ट्रिय पर्यटकहरूले नेपाल भ्रमण गर्दा मास्टरकार्ड प्रयोग गरी क्यूआर भुक्तानी गर्न सकून् भन्ने उद्देश्यका साथ गरिएको हो ।

यससँगै मास्टरकार्ड प्रयोगकर्ताले नेपालपे क्युआर र इन्टरओपरेबल क्युआरमार्फत सजिलै भुक्तानी गर्न सकिने छ ।

यो सहकार्यले अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आफ्ना मास्टरकार्ड प्रयोग गरी स्थानीय क्यूआर व्यवसायिकहरूमार्फत डिजिटल भुक्तानी गर्न सजिलो बनाउने आशा गरिएको छ । यसले गर्दा देशभरि उपभोक्ता र व्यवसायिकहरूमा डिजिटल भुक्तानीको प्रयोग बढ्ने बताइएको छ । 

हाल नेपालपे क्युआर र इन्टरओपरेबल क्युआर सञ्जालमा झन्डै १० लाख क्यूआर व्यवसायिकहरू छन्, भने मास्टरकार्डका ३.१ अर्बभन्दा बढी कार्ड विश्वभरि जारी गरिएका छन् । एनसीएचएल र मास्टरकार्डबीचको यो सहकार्यले नेपालको पर्यटन क्षेत्रलाई विशेष रूपमा अन्तर्राष्ट्रिय भुक्तानीका लागि सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।