कीवर्डहरू -

एनसीआईटी कलेजमा खुल्यो आईटीका कोर्षहरूमा भर्ना, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

एनसीआईटी कलेजमा खुल्यो आईटीका कोर्षहरूमा भर्ना, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ले स्नातक तहका विभिन्न आईटी कोर्षमा भर्ना खुलाएको छ । 

पोखरा विश्वविद्यालयबाट सम्बन्ध प्राप्त एनसीआईटी कलेजले स्नातकमा बीसीए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन), बीई (ब्याचलर अफ इन्जिनियरिङ) कम्प्युटर, बीई इन्फर्मेसन टेक्नोलोजी र बीई सफ्टवेयर इन्जिनियरिङमा नयाँ भर्ना खुलाएको हो । 

बीईमा भर्ना हुनका लागि विद्यार्थीले प्लस टु वा सोसरहको परीक्षामा कम्तिमा सेकेन्ड डिभिजन वा सीजीपीए २.० वा गणित, फिजिक्स तथा क्यामेष्ट्रीमा सी ग्रेड ल्याउनु पर्नेछ भने एलेभलका विद्यार्थीको गणित, फिजिक्स तथा क्यामेष्ट्रीमा डी ग्रेड हुनुपर्ने मापदण्ड तोकिएको छ । 

यस्तै बीसीएमा भर्ना हुनका लागि प्लस टु वा सो सरहको परीक्षामा कम्तिमा सेकेन्ड डिभिजन वा सीजीपीए २.० वा ग्रेड सी ल्याउनु पर्नेछ । यसका लागि विद्यार्थीले प्लस टु वा सो सरहको परीक्षामा १०० अंकको गणित वा कम्प्युटर साइन्स पढेको हुनुपर्नेछ । 

इच्छुक विद्यार्थीले आगामी साउन १५ गतेसम्म आफुले पढ्न चाहेको विषयमा आवेदन दिन सक्ने छन् । आवेदन शुल्क १५ सय रूपैयाँ तोकिएको छ । शुल्क इसेवा वा बैंकको खातामा पठाउन सकिने छ । आवेदन अनलाइनबाटै दिन सकिने छ । त्यसका लागि तपाईले यहाँ क्लिक गर्नुहोस् । 

प्रवेश परीक्षा भने साउन १६ गते सञ्चालन हुनेछ । आवेदन दिनका लागि प्लस टु वा सो सरहको ग्रेड वा मार्कसिट, एसईईको क्यारेक्टर प्रमाणपत्र, कक्षा ११ को मार्कसिट, कक्षा १२ को ट्रान्सक्रिप्ट र नागरिकताको फोटोकपी आवश्यक पर्नेछ । 

एनसीआईटी कलेजमा भर्ना हुनका लागि प्रवेश परीक्षा पास हुनुपर्नेछ । बीईको प्रवेश परीक्षामा गणितबाट ४० अंक, फिजिक्सबाट ३० अंक, क्यामेष्ट्रीबाट २० अंक र अंग्रेजीबाट १० अंक बराबरको प्रश्न सोधिने छ । 

त्यसैगरी बीसीएको प्रवेश परीक्षाका लागि अंग्रेजी, गणित, लोजिकल रिजनिङबाट ३० अंक र जनरल अवयरनेसबाट १० अंक बराबरको प्रश्न सोधिने छ ।

प्रवेश परीक्षा भएको अर्को दिन नै नतिजा सार्वजनिक हुनेछ । नतिजा र अन्तर्वाताका आधारमा भर्नाका लागि छनौट गरिने छ ।