नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ले आगामी डिसेम्बर २८ देखि ३० सम्म कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ र प्रविधिमा अन्तर्राष्ट्रिय सम्मेलन (ICICSET2025) आयोजना गर्ने भएको छ ।
कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ र प्रविधि क्षेत्रमा नवप्रवर्तन र सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यसहित एनसीआईटीले काठमाडौंमा अन्तर्राष्ट्रिय कन्फेरेन्स आयोजना गर्न लागेको हो ।
‘Innovate, Integrate, Inspire: Pioneering the Future of Technology’ भन्ने मूल नाराका साथ आयोजना हुने यस सम्मेलनमा कम्प्युटिङ, इन्जिनियरिङ, विज्ञान तथा गणित र बहुविषयगत क्षेत्रका कार्यपत्र (पेपर) समेत प्रस्तुत गरिनेछ ।
कार्यपत्र प्रस्तुतका लागि एब्स्ट्राक्ट बुझाउने अन्तिम मिति अक्टोबर २८ सम्म रहेको छ भने पूरा शोधपत्र नोभेम्बर २८ सम्म बुझाइसक्नु पर्नेछ ।
शोधपत्र स्वीकृत भएको जानकारी डिसेम्बर १० मा दिइने छ । कार्यक्रमका लागि दर्ता डिसेम्बर १८ गतेबाट सुरू हुनेछ ।
कार्यक्रम बारे थप जानकारी लिन र शोधपत्र बुझाउन यहाँ क्लिक गर्नुहोस् ।
यस सम्मेलनमा प्रस्तुत हुने सबै शोधपत्र Proceeding of ICICSET2025 मा प्रकाशन हुनेछन् भने उत्कृष्ट कार्यपत्रहरू Journal of Science and Technology (JoST) मा प्रकाशित गरिने आयोजकले जनाएको छ।