नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणले आफैं ६२ वटा चार्जिङ स्टसेन निर्माण गरी सञ्चालनमा ल्याएको जानकारी दिएका छन् ।
दोस्रो इनिङको रूपमा प्राधिकरणमा ३ वर्ष पुरा भएको अवसर अवसरमा प्रबन्ध निर्देशक घिसिङले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।
विद्युत खपत बढाउन विद्युतीय सवारी साधनलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्न प्राधिकरणले आफैं ६२ वटा चार्जिङ स्टसेन निर्माण गरी सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
यस्तै निजी क्षेत्रबाट निर्माण गरिएका चार सय भन्दा बढी चार्जिङ स्टेसन सञ्चालित रहेको समेत उनले बताए ।