कीवर्डहरू -

नेत्रहीन संघले मनायो विश्व सहायक प्रविधि दिवस, सहायक प्रविधि सम्बन्धि राष्ट्रिय अभियान सुरू

नेत्रहीन संघले मनायो विश्व सहायक प्रविधि दिवस, सहायक प्रविधि सम्बन्धि राष्ट्रिय अभियान सुरू

नेपाल नेत्रहीन संघले विश्व सहायक प्रविधि दिवस मनाएको छ । उक्त अवसरमा संघले दृष्टिविहीनका लागि उपयोगी सहायक प्रविधि प्रर्दशनी र प्यानल संवाद सञ्चालन गरेको थियो । 

कार्यक्रम काठमाडौंको सुकेधारास्थित नेत्रहीन संघको कार्यालयमा भएको बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको थियो । 

कार्यक्रममा मोबाइल तथा कम्प्युटर-आधारित प्रविधिहरू, ब्रेल उपकरण, स्क्रीन रिडर, एआई एप्स लगायतका विभिन्न सहायक प्रविधिहरूको प्रदर्शनी गरिएको थियो । उपस्थित अतिथिहरूले प्रविधिहरूको अनुभवसँगै प्रयोग पनि गर्न पाएका थिए ।

null

कार्यक्रममा ‘सहायक प्रविधिमा पहुँच सुनिश्चितता: समावेशीतामा सरोकारवालाहरूको भूमिका’ विषयक प्यानल छलफल थियो । प्यानललिष्टमा वक्ताको रूपमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी निरा अधिकारी, उपाङ्गताको अधिकारी क्षेत्रमा काम गर्दै आएका डा. वीरेन्द्र राज पोखरेल, नास्टका प्रदीप ढोडारी र नेपाल टेलिकमका गौतम पोखरेल रहेका थिए । 

यसै अवसरमा संघले ‘टेकफरइन्क्लुजन नेपाल (Tech4Inclusion Nepal)’ नामक राष्ट्रिय सहायक प्रविधि अभियानको औपचारिक सुरूवात गरेको छ । यस अभियानमार्फत सहायक प्रविधि पहुँचको क्षेत्रमा काम गरिने छ ।