कीवर्डहरू -

डिजिटल नेपाल कन्क्लेभ २०२५ को डिजिटल एजुकेसन पार्टनरमा निमा एजुकेसन फाउन्डेसन

डिजिटल नेपाल कन्क्लेभ २०२५ को डिजिटल एजुकेसन पार्टनरमा निमा एजुकेसन फाउन्डेसन

डिजिटल शिक्षाको क्षेत्रमा काम गर्दै आएको संस्था निमा एजुकेसन फाउन्डेसनले डिजिटल नेपाल कन्क्लेभ २०२५ सँग सहकार्य गरेको छ । यससँगै डिजिटल नेपाल कन्क्लेभ २०२५ मा डिजिटल एजुकेसन पार्टनरको रूपमा निमा एजुकेसन फाउन्डेसन रहने छ । 

आगामी दिनमा डिजिटल शिक्षालाई थप अगाडि बढाउन कन्क्लेभले महत्त्वपूर्ण दिशा निर्देश गर्ने निमा एजुकेसनका सीईओ निश्चलमान प्रधानले बताए । 

यही साउन ३० गते आइसिटी फाउन्डेसन नेपालले डिजिटल नेपाल कन्क्लेभको चौथो संस्करण आयोजना गर्दैछ, जहाँ सरकार, निजी क्षेत्र, उद्यमी, अनुसन्धानकर्ता र अन्तर्राष्ट्रिय व्यक्तिहरू एउटै मञ्चमा आउने छन् । 

यस पटक ‘डिजिटल सिनर्जीः ट्रान्सफर्मिङ गभर्नेन्स, इकोनोमी एण्ड सोसाइटी’ थिममा बहस र छलफल हुनेछ । 

डिजिटल नेपाल कन्क्लेभमा यस पटक ८ बढी सेसनमा ५० बढी वक्ता, २५ बढी आईडिया र शोधपत्र प्रस्तुती तथा ६०० बढीको सहभागीता हुनेछ । कार्यक्रम बारे थप जानकारी लिन र टिकट काट्नका लागि digitalconclave.org मा जानुहोस् ।