कीवर्डहरू -

२५ देशका प्रतिस्पर्धीलाई पछाडि पार्दै जुनियर रोबोटिक्स फर गुड यूथ च्यालेन्जमा नेपाल दोस्रो

२५ देशका प्रतिस्पर्धीलाई पछाडि पार्दै जुनियर रोबोटिक्स फर गुड यूथ च्यालेन्जमा नेपाल दोस्रो

स्विजरल्यान्डको जेनेभामा आयोजना भएको जुनियर रोबोटिक्स फर गुड यूथ च्यालेन्ज २०२५ मा नेपाली टिम दोस्रो हुन सफल भएको छ । 

२५ देशका ७ हजार बढी सहभागी र ५०० बढी टिमसँग प्रतिस्पर्धा गर्दै नेपाली टिम ‘गौतम बुद्ध’ दोस्रो हुन सफल भएको हो । 

यस सफलताले एआई, रोबोटिक्स र नवप्रवर्तनको क्षेत्रमा विश्वमा नेपाललाई नयाँ पहिचान दिएको छ । 

यसमा भेनुजुएलाको टिम प्रथम हुन सफल भएको छ । नेपालभन्दा ५ अंकको अग्रतामा भेनेजुएलाको पहिलो स्थान प्राप्त गरेको हो । 

टिम गौतम बुद्धबाट युनाइटेड स्कुलका आरभ गौतम र परिधि श्रेष्ठ, समृद्धि स्कुलका ऋद्धि मानन्धर तथा केएमसी स्कुलका अनुपम भुजेलले प्रतिस्पर्धा गरेका थिए । 

टिमको मेन्टरमा रोबोटिक्स एशोसिएसन अफ नेपाल (र्‍यान) का ऋषव राज र किरण खत्री रहेका थिए । यस्तै सल्लाहकारमा रोबोटिक्स एशोसिएसन अफ नेपालका अध्यक्ष विकास गुरूङ रहेका थिए ।