यही पुस १८ र १९ गते ‘नेपाल फिनटेक एक्स्पो २०२६’ हुने भएको छ । फिनटेक अलायन्स नेपालको आयोजनामा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आउने शुक्रबार र शनिबार एक्सपो सञ्चालन हुने भएको हो ।
एक्सपोमा डिजिटल फाइनान्स, भुक्तानी प्रणाली, बैंकिङ प्रविधि, इम्बेडेड फाइनान्स, साइबर सुरक्षा, क्लाउड बैंकिङ, कृत्रिम बुद्धिमत्ता ब्लकचेन र उदीयमान प्रविधिहरूलाई एउटै छानामुनि हेर्न पाइने छ ।
यसले नेपालको डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउने, फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा वित्तीय र प्रविधि क्षेत्रबीच सहकार्य विस्तार गर्ने उद्देश्यका साथ नेपाल फिनटेक एक्स्पो २०२६ आयोजना गर्न लागिएको फिनटेक अलायन्स नेपालले जानकारी दिएको छ ।
एक्स्पोमा ६० बढी स्टल हुनेछन्, जहाँ छुट्टै स्टार्टअप जोन र टेक कम्युनिटी जोन रहनेछन् । टेक कम्युनिटी जोनका लागि निःशुल्क टेबलहरू पनि उपलब्ध हुनेछ ।
एक्स्पो अवलोकनका लागि सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायका कर्मचारीले भने आधिकारिक परिचयपत्र देखाएर निःशुल्क प्रवेश पाउनेछन् ।
आयोजकका अनुसार एक्स्पोमा बैंक तथा वित्तीय संस्था, प्रविधि कम्पनी, स्टार्टअप, नियामक निकायसहित ४ हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
एक्स्पोमा ६५ भन्दा बढी स्टल, छुट्टै स्टार्टअप जोन र टेक कम्युनिटी जोन रहनेछन्। टेक कम्युनिटी जोनका लागि निःशुल्क टेबलहरू पहिलो आउनेलाई पहिलो प्राथमिकताका आधारमा उपलब्ध गराइने FAN ले जनाएको छ।
आईसीटी समाचार